काठमाण्डौ । लकडाउन लम्ब्याउने घोषणा गरेको भोलिपल्ट कोरोना रोकथाम उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय उडान सेवालाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
कोरोनाको संक्रमणको जोखिम बढेसँगै सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि पुनः बैठक बसेर बैशाख ३ गतेसम्मका लागि त्यस्तो सेवा बन्दको निर्णय गरेको थियो । अब भने बैशाख १८ गतेसम्म नै त्यस्तो सेवा बन्दको निर्णय भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताएका छन्।
समितिले आन्तरिक उडानलाई समेत लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको छ । हाललाई लकडाउनको अवधि बैशाख ३ गतेसम्म कायम गरिएको छ ।
तर, प्रधानमन्त्रीले मंगलबार बिहान देशबासीको नाममा सम्बोधन गर्ने क्रममा अबको २ साता अझ जोखिमपूर्ण हुने भन्दै सो समयसम्मका लागि धैर्य गर्न र सरकारलाई सहयोग गरिदिन आह्वान गरेका थिए । उनको यस्तो आह्वानलाई कतिपयले बैशाख ३ सम्म जारी रहने लकडाउन अझै लम्बिने अर्थको रुपमा बुझेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19