काठमाण्डौ। चीनको वुुहान सहरपछि अहिले अमेरिकाको न्युुयोर्क कोरोनाभाइरस संक्रमणको नयाँ इपिसेन्टर बनेको छ। 

न्युयोर्कमा कोरोना संक्रमणबाट प्रत्येक दिन सयौँको ज्यान जाने गरेको छ। हालसम्म अमेरिकामा १६ हजार ५१३ जनाको ज्यान गइसकेको छ छ। ज्यान गुमाउनेमा न्युयोर्कमा मात्रै ५ हजार १५० जना रहेका छन्। भने ४ लाख ६२ हजार १३५ जना संक्रमित भइसकेका छन्। 

न्युुयोर्क टाइम्सले न्युुयोर्कमा कोरोनाभाइरस एसियाबाट नभई सम्भवतः युुरोपबाट आएका यात्रुुहरुबाट भित्राएको समाचार सार्वजनिक गरेको छ। समाचारअनुसार कोरोनाभाइरसको नयाँ केन्द्र बनेको न्युुयोर्कमा मार्च महिनामा पहिलो पोजेटिभ घटना देखापर्नुुभन्दा केही साता अघिदेखि संक्रमण फैलिरहेको थियो। 

न्युुयोर्कमा कोरोनाको पहिलो घटना मार्च १ मा देखा परेको थियो। तर यो राज्यमा फ्रब्रुअरीदेखि नै संक्रमण फैलन सुुरु भइसकेको न्युयोर्क टाइम्सले जनाएको छ। 

यो संक्रमण एसियाबाट नभई युुरोपबाट आएका यात्रुुहरुले ल्याएको समाचारमा उल्लेख छ। यो अध्ययनका सहशोधकर्ता माउन्ट सिनाईमा रहेको इचान स्कुुल अफ मेडिसिनमा जेनेटिक विशेषज्ञ हर्म वान वकेलले भने, “सुरुमा संक्रमित देखिएका धेरैजसो मानिसहरु युुरोपबाट आएका यात्रुुहरु नै प्रस्ट देखिन्छ।’

एनवाईयू ग्रासम्यान स्कुुल अफ मेडिसिनको अध्ययनमा पनि यस्तै प्रकारको निष्कर्ष निकालिएको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ जनवरीदेखि चीनबाट आउने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए। तर युुरोपियन देशबाट आउने यात्रुुलाई भने ११ मार्चबाट अमेरिका प्रवेशमा रोक लगाइएको थियो। –एजेन्सी