काठमाण्डौ । सन् २००२ मा चीनको ग्वाङ्झो प्रान्तमा एउटा अपरिचित भाइरसका कारण महामारी फैलिएको थियो, जसलाई वैज्ञानिकहरुले सार्स नाम दिएका थिए । सार्सको पूर्ण रुप सिभिएर एक्युुट रेस्पीएटरी सिण्ड्रोम अर्थात यस्तो रोग जसले श्वासप्रश्वासमा कठिनाई निम्त्याउने गर्दछ । पछि वैज्ञानिकहरुले सार्स रोग कोरोना भाइरसबाट उत्पन्न भएको भन्ने तथ्य पत्ता लगाएका थिए र यो जनावरबाट सुुरु भएर मानिससम्म आइपुुगेको थियो । त्यतिबेला यो भाइरस छोटो समयमा नै विश्वका २९ देशमा फैलिएको थियो ।
यो संक्रमणबाट विश्वका ८ हजारभन्दा धेरै मानिसहरु संक्रमित भएका थिए भने ८०० जनाले ज्यान गुुमाएका थिए । त्यतिबेला पूरै विश्व यो भाइरसविरुद्धको खोप कहिले आउँछ भनेर व्यग्र प्रतिक्षामा बसेका थिए । जसका कारण युुरोप, अमेरिका, एशियाका दर्जनौ वैज्ञानिकहरु यो भाइरस विरुद्धको खोप बनाउन तीव्र रुपमा लागेका थिए । कयौं वैज्ञानिकहरुले आफू यसको सफलताको नजिक पुुगेको बताएका थिए । कतिले मानिसमा परीक्षण हुुन मात्रै बाँकी रहेको बताएका थिए ।
खोप तयार गर्नुुपर्ने आवश्यकता
तर, त्यतिबेला सार्स माथि पूर्ण रुपमा नियन्त्रण गर्न सफलता प्राप्त भएको थियो र कोरोनाविरुद्धको भ्याक्सिनमा भएका सम्पूर्ण अनुुसन्धानहरु बन्द भएका थिए । केही वर्षपछि सन् २०१२ मा फेरि अर्काे प्राणघातक कोरोनाभाइरस मर्स कोव(मिडिल इस्ट रेस्पीटरी सिण्ड्रोम) को प्रकोप देखिएको थियो । त्यतिबेला पनि वैज्ञानिकहरुले यस विरुद्धको खोप बनाउन लागेका थिए ।
आज लगभग २० वर्षपछि फेरी नयाँ कोरोनाभाइरस देखिएर विश्वका लाखौं मानिसहरु संक्रमित भएपछि मानिसहरुमा यो भाइरसविरुद्धको भ्याक्सिन कहिलेसम्म बनिसक्छ भनेर चासो बढेको छ । यसरी कोरोना संक्रमणले विगतदेखि मानव जातिलाई सताइरहँदा र यसबाट मानव जातिको अस्तित्वलाई खतरा छ भनी जाँदा जाँदै यसबाट हामीले किन सबक लिन सकेनौं ? यसविरुद्धको भ्याक्सिन बनाउन गरिएका अनुुसन्धानहरुलाई बीचमै किन बन्द गरिए ? यसलाई किन निरन्तरता दिइएन ?
हामीलाई चासो छैन
तर, अमेरिकाको ह्युुटनमा वैज्ञानिकहरुको एक टिमले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउने कार्यलाई छोडेका थिएनन् । सन् २०१६ मा यी वैज्ञानिकहरु आफ्नो उद्देश्यमा सफल भए र भ्याक्सिन बनाउन सफल भएका थिए । बेयलर कलेज अफ मेडिसिनको नेशनल स्कूल अफ ट्रपिकल मेडिसिनका सहनिर्देशन मारिया एलिना बोट्ज्जीले बीबीसीसँगको कुुराकानीका क्रममा यस्तो भनेकी हुुन् । उनले भनिन्, “हामीले ट्रायल सिध्याइसकेका थियौ र भ्याक्सिनको सुुरुवाती उत्पादन प्रक्रियाको अहम् मोडबाट गुुज्रिसकेका थियौ ।”
डाक्टर मारिया टेक्सासको अस्पतालको बालबालिका लागि भ्याक्सिन विकास गर्ने सेन्टरकी सहनिर्देशक पनि हुुन् । उनी अगाडि भन्छिन्, “त्यपछि हामी एनएचआईकोमा गयौ र सोध्यौ कि हामी यो भ्याक्सिनलाई क्लिनिकल परीक्षणसम्म पुुर्याउनका लागि के गर्न सक्छौ ? हामीले यसोभन्दा उनीहरु यसप्रति त्यति उत्सुुक नभएको बताएका थिए ।”
जब यो महामारी नियन्त्रणमा आएको थियो.....
यो भ्याक्सिन सन् २००३ मा सार्स महामारी फैलिएको बेला विकास गरिएको थियो । यो भाइरस फैलिएको देश चीनमा यो नियन्त्रणमा आइसकेकाले यस सम्बन्धित अध्ययन गर्ने वैज्ञानिकहरुले पैसाको अभावले अनुुसन्धानहरुलाई बीचमा नै छाडेका थिए । विश्वभरका दर्जनौ वैज्ञानिकहरुले पैसा र सरकारको चासोको अभावका कारण भ्याक्सिनको विकाससँग सम्बन्धित अनुुसन्धानहरुलाई रोकेका थिए । युुनिभर्सिटी अफ पेन्सलभेनियाका माइक्रोबायोलोजि प्राध्यापक सुजैन विन्जका अनुुसार यो महामारी फैलिएको सात–आठ महिनापछि आम मानिस, सरकार र औष्धि बनाउने कम्पनीहरुको यो भाइरसको अनुुसन्धानप्रतिको उत्सुुकता हटेको थियो ।
यदि भ्याक्सिन तयार भएको भए
सार्स र मर्सको बारेमा अनुुसन्धान गर्ने विज्ञका अनुुसार कोरोनाभाइरसले भविष्यमा खतरा सिर्जना गर्नेछ भनेर पहिल्यै अनुुमान लगाइएको थियो, जसलाई नजरअन्दाज गर्नुु हँुुदैन थियो । त्यसैले अनुुसन्धानहरुलाई पहिलेदेखि नै सुुचारु राखिरहनुु पर्दथ्यो । तथापि, डाक्टर मारियाको भ्याक्सिन अहिलेको कोरोनाभाइरसविरुद्ध नभई सार्सका विरुद्ध थियो । तर, विशेषज्ञका अनुुसार त्यतिबेला सार्सको भ्याक्सिन तयार पारिएको भए अहिले कोरोना विरुद्धको भ्याक्सिन बनाउनमा त्यसले धेरै नै तीव्रता र सहयोग गर्ने थियो । येल युुनिर्भसिटीमा स्कुुल अफ पब्लिक हेल्थका प्राध्यापक जेसन स्कार्टजले कोभिड १९ को लागि सन् २००२ मै तयारी गरिनुुपर्ने थियो ।
उनका अनुुसार यसो गरिएको भए त्यसले अहिलेको अनुुसन्धानका लागि आधारशिला तयार गर्न सहयोग पुुग्ने थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago