काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि राज्यहरुमा लगाइएका लकडाउन हटाउन रणनीति सार्वजनिक गरेका छन्।
राज्यका गर्भनरहरुलाई निर्देशिका जारी गर्दै राष्ट्रपति ट्रम्पले लकडाउन हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुनेसमेत बताए। ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकताअनुसार आआफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका छन्।
यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए। ट्रम्पले संघीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए।
ट्रम्पले केही राज्यहरू यही महिना खुल्न सक्ने संकेत पनि गरे। ‘अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्’, उनले भने, ‘देशव्यापी बन्द व्यहोर्न सकिने दीर्घकालीन समाधान होइन।’
ट्रम्पले लकडाउन लम्बिँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको बताए। उनले औषधी र रक्सीको दुरुपयोग हुने, मुटुरोगलगायत अन्य ‘शारीरिक र मानसिक’ समस्याहरूमा तीव्रवृद्धि हुने चेतावनी दिए।
ट्रम्पले “सर्तहरू पूरा भए“ स्वस्थ्य नागरिकहरू काममा फर्किन सक्ने बताएका छन्। उनले अमेरिकीहरूलाई सामाजिक दूरी कायम गर्न र यदि स्वस्थ महसुस नगरे घरमै बस्न भनिने पनि बताए।
राष्ट्रपति ट्रम्पले अमेरिकाको अर्थतन्त्र पुनः खोल्ने विषय एकपटक चालिने एउटा सावधानीपूर्ण कदम हुने बताए।
ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्र पुनः खोलिने र एउटा चरण कम्तीमा १४ दिनको हुने बताइएको छ। निर्देशिकाअनुसार कुनै क्षेत्र महिनादिन लामो मूल्यांकनपछि सामान्य अवस्थामा फर्किन सक्ने छन्। तर संक्रमण धेरै रहेका र संक्रमणको दर वृद्धि भएका ठाउँमा भने त्योभन्दा बढी लाग्न सक्छ।
यता आलोचकहरूले भने भाइरसले निम्त्याएको संकट छिट्टै टर्छ भन्नेबारे राष्ट्रपति चाहिनेभन्दा बढी आशावादी भएको बताएका छन्।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ३२ हजार ९०० भन्दा धेरैको मृत्यु भइसकेको छ। जुन विश्वमै अन्य देशको तुलनामा निकै बढी पनि हो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago