काठमाण्डौ। कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउन नै भाइरस फैलिन नदिन अचुक उपाय रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन्।
बीबीसीका अनुसार अमेरिकाका डेमोक्रेट्स पार्टीको नेतृत्वमा रहेका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। अहिले लकडाउनविरुद्ध अमेरिकाका मिसिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जि्निया, केन्टकी, ओहायो, उटालगायतका स्थानमा विरोध प्रदर्शन भइरहेका छन्।
लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको प्रदर्शनमा राष्ट्रपति ट्रम्पले समर्थन गरेका छन्। ट्रम्पले ट्विटरमा लेख्दै लकडाउन खुकुलो पार्न आग्रह गरिएको छ।
गत बिहीबार ट्रम्पले लकडाउन खुकुलो पार्दै लैजाने तीन चरणको योजना सार्वजनिक गरेका थिए।
अमेरिकामा बिहीवार एकै दिनमा अहिलेसम्मकै धेरै भाइरससँग जोडिएका मृत्युको घण्टा पुष्टि भएका थिए। २४ घण्टामा ४,५९१ मानिसहरूले ज्यान गुमाएका थिए।
मृत्युको विवरण राख्ने काम गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयले कोभिड-१९ को सम्भावित कारण ठानिएका मृत्युलाई समेत उल्लेख गर्न थालेकाले मृत्यु सङ्ख्या निकै ठूलो वृद्धि देखिएको हो।
अमेरिकामा विश्वकै सबैभन्दा धेरै सङ्क्रमण र त्यसकै कारण मृत्यु पुष्टि हुनेको विवरण छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवारसम्म त्यहाँ ७ लाखभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन् र तिमध्ये ३७ हजारभन्दा बढिले ज्यान गुमाएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago