Nepal Stock Exchange
काठमाण्डौ । वाणिज्य बैंक केही सम्हालिएर बिमा समूहमा करेक्सन भई पुरानो शैलीको उकालो यात्रा तय गर्दा मंगलबार पूँजीबजारमा दुईवटा नयाँ रेकर्ड कायम भएका छन् ।
नेप्से परिसूचक र कारोबार रकममा नयाँ रेकर्ड कायम भएको हो । ४.५६ अंकले नेप्से परिसूचक बढी हालसम्मकै उच्च विन्दू १६१४.१५ अंकमा पुगेको छ भने बजारमा पहिलोपटक मंगलबार एकैदिन २ अर्ब माथिको सेयर कारोबार भएको छ ।
१ सय ३४ कम्पनीका ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता सेयर २ अर्ब १९ करोड ७८ लाख रुपैयाँमा किनबेच भएको हो ।
वाणिज्य बैंक र अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक हरियो भयो । वाणिज्य बैंक ६.२२ र अन्य समूह ३.५२ अंकले ओरालो लागे ।
सबैभन्दा बढी बिमा समूहको सूचक ११२.५३ अंकले उक्लियो । होटल समूह र जलविद्युत समूह पनि क्रमशः ५९.१८ र ५६.३७ अंकका साथ उकालो लागे । उत्पादनमूलक ४२.३१ अंकले उक्लियो भने विकास बैंकमा १४.४६ र बित्त समूहमा ३ अंकको बढोत्तरी देखियो । मंगलबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ०.७७ र ०.३३ अंकले उक्लिए ।
सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको एकैदिन ४९ करोड रुपैयाँको सेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको १४ करोड २८ लाख, रुरल माइक्रोफाइनान्सको १३ करोड ३४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ करोड ७८ लाख, एभरेष्ट बैंकको ५ करोड ७३ लाख बराबरको सेयर किनबेच भयो । मंगलबार उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बैंकहरुले ओगटे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19