काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले संभवत अहिलेसम्मकै सबैभन्दा राम्रो आर्थिक भाषण गरेका छन् । 

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको नेपाल चेम्बर एक्स्पोको दोश्रो संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले निकै राम्रो आर्थिक भाषण गरेका हुन् ।

उपराष्ट्रपति पुनले १० मिनेट भन्दा लामो लिखित भाषण गर्दै विदेशबाट रेमिटान्सको रुपमा भित्रिरहेको सानो–सानो पूँजी भेला गरी ठूलो पूँजी बनाउनुपर्ने र त्यसबाट ठूला–ठूला आयोजना निर्माण गरी मुलुकलाई समृद्धिको बाटोतर्फ डोहोर्याउनुपर्ने धारणा व्यक्त गरे । 

नयाँ संविधान निर्माणपछि कार्यान्वयन हुँदै जाने उल्लेख गर्दै उनले आर्थिक विकासको ढोका खोलिएको र अब मुलुक समृद्धितर्फ नलम्की नहुने अवस्था आएको दाबी गरे । ‘राजनीतिक संघर्ष पूरा भइसकेको छ, अब आर्थिक समृद्धिको ढोका खोलिएको छ ।’ उनले भने–‘दिगो आर्थिक विकास र समृद्धि हाबी सबैको अबको लक्ष्य हुनुपर्छ ।’ उनले सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढे आर्थिक रुपमा मुलुक आत्मनिर्भर बन्न कुनै बेर नलाग्ने दाबी समेत गरे । 

उनले सबै पक्षको सहयोग भए नेपालले छिट्टै नै समृद्धिको सपना साकार पार्ने दाबी पनि गरे । ‘कृषि, जडीबुटी, जलविद्युत, पूर्वाधार विकास, पर्यटन लगायतको क्षेत्रमा आन्तरिक र बाह्य लगानी बढाउन ढिला नगरौं ।’ पुनले भने–‘सबै जाग्ने हो भने मुलुकको तीव्र आर्थिक प्रगति हुने सुनिश्चित छ ।’ 

देशका सयौं युवा दैनिक रोजगारीको लागि विदेशिरहेका र अर्कोतर्फ व्यापार घाटा पनि बढिरहेको उल्लेख गरे पनि उनले निराश नहुन निजी क्षेत्रलाई आग्रह गरे । ‘अब नअत्तालिनुहोस्, सबै मिलेर अगाडि बढे कुनै पनि युवा काम खोज्न विदेशतिर जानुपर्दैन ।’ उनले थपे–‘स्वदेशमै लाखौलाई रोजगारी दिन सकिन्छ । निर्यातजन्य सामानको उत्पादन बढाएर हामी व्यापार घाटा समेत कम गर्न सक्छौ ।’ 

उनले जनतासँग भएको सानो–सानो पूँजी भेला पारी ठूलो कोष बनाउन र त्यसलाई ठूला परियोजना, ठूला उद्योगमा लगानी गरी निर्यातजन्य व्यापार बढाउन पनि आग्रह गरे । उनले सरकारले स्वदेशी लगानीलाई प्राथमिकतामा राखी विदेशी लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘विदेशी लगानी सकेसम्म धेरै भित्र्याऔं र निर्यात व्यापार वृद्धि गरी व्यापार घाटा कम गरौं ।’ उनले भने–‘हामीसँग अथाहा संभावना छ, सबै मिलेर काम सुरु गर्न मात्र बाँकी हो ।’ 

सो अवसरमा बोल्दै वाणिज्य सचिव उनले जनतासँग भएको सानो–सानो पूँजी भेला पारी ठूलो कोष बनाउन र त्यसलाई ठूला परियोजना, ठूला उद्योगमा लगानी गरी निर्यातजन्य व्यापार बढाउन पनि आग्रह गरे । उनले सरकारले स्वदेशी लगानीलाई प्राथमिकतामा राखी विदेशी लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘विदेशी लगानी सकेसम्म धेरै भित्र्याऔं र निर्यात व्यापार वृद्धि गरी व्यापार घाटा कम गरौं ।’ उनले भने–‘हामीसँग अथाहा संभावना छ, सबै मिलेर काम सुरु गर्न मात्र बाँकी हो ।’ 

सो अवसरमा बोल्दै वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले विदेशी लगानीकर्ताहलाई नेपालको जलविद्युत, पर्यटन, कृषि लगायतका प्रचूर संभावनायुक्त क्षेत्रमा लगानीका लागि आह्वान गरे । ‘म विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्छु, तपाईंहरु ढुक्क भएर नेपालमा लगानी गर्न आउनुहोस् ।’ जापान, श्रीलंका, भारत, पाकिस्तान, चीनका उद्योगीहरुलाई साक्षी राखेर उपाध्यायले भने–‘तपाई लगानी गर्न तयार हुनुहोस्, हामी स्वागत गर्न आतुर छौ ।’