काठमाण्डौ । काठमाण्डौका २ स्टाफ नर्सको आरडिटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । यो भनेको उनीहरुका कोरोना संक्रमणको संभावना छ भन्ने हो । 

तर आरडिटी परीक्षणकै आधारमा उनीहरुलाई कोरोना परीक्षण भएको भन्न मिल्दैन । उनीहरुको पीसीआर विधिबाट परीक्षण नभएसम्म संक्रमण पुष्टि हुन्न । 

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ नर्समा २ पटक गरिएको ¥यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको टेकू अस्पतालले जनाएको छ । 

अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले आरडिटी परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिनेछ । 

ती दुवै नर्सलाई टेकू अस्पतालको आइसोलेसनमा राखिएको छ । पीसीआरको रिपोर्ट नआई यसै भन्न नसकिने उनको भनाई छ ।