काठमाण्डौ। कोरोनाभाइरसको महामारीबाट विश्व अधिकांशमा सन्त्रासको वातावरण सिर्जना भइरहेको छ। थुप्रै देशमा यो भाइरसविरुद्धको भ्याक्सिन विकासका लागि कामहरु भइरहेका छन्। 

यही संकटका बीच आशाको किरण जागेको छ। किनकि यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने सम्भावना बढेको छ। अहिले उक्त भ्याक्सिनको ब्रिटेनस्थित अक्सफोर्ड युनिभर्सिटीमा ट्रायल सुरु हुन गइरहेको छ। 

विश्व प्रसिद्ध भ्याक्निोलोजिस्ट तथा प्रोफेसर एड्रियन हिलका अनुसार आउँदो सेप्टेम्बरसम्म विश्वमा कोरोनाविरुद्धको पहिलो भ्याक्सिन आउनेछ। ‘यदि यो ट्रायल पूर्ण रुपमा सफल भएमा सेप्टेम्बरपछि यो भ्याक्सिनको सप्लाई सुरु हुन सक्छ’, उनले भनेका छन्, ‘भारतमा पनि यो भ्याक्सिन यो वर्षको अन्त्यसम्म आउन सक्छ।’

यो भ्याक्सिन बनाउनका लागि ठूलो योजनामा काम गरिरहेका प्रोफेसर एड्रियनले अहिले भ्याक्सिन ट्रायल रुटिनमा रहेको बताए। ‘अक्सफोर्डमा कोरोविरुद्धको भ्याक्सिनमा काम भइरहेको छ। आशा छ कि यो ट्रायलमा हामी सफल हुनेछौँ’, उनले भने, ‘त्यसपछि हाम्रो ध्यान धेरैभन्दा धेरै भ्याक्सिन बनाउनेतिर हुनेछ।’

प्रोफेसर एड्रियनका अनुसार यो ट्रायलमा देखिएको संकेतले एक डोजले नै कोरोनाविरुद्धको लडाइँ जित्ने सम्भावना बढेको छ। यो भ्याक्सिन विकासमा भारतीय प्रोफेसरहरु पनि सहभागी छन्। 

भ्याक्सिन विकासमा खटिएका अर्का डा आदर पुनावालाका अनुसार अबको दुई सातामा ५ मिलियन डोज बनाउन कायमाबी प्राप्त हुनेछ। ‘त्यसपछि हामी १ महिनामा १० मिलियन डोज बनाउने रफ्तारमा काम गर्नेछौँ’, उनले भने, ‘यो हाम्रो योजनामा विश्वभरका मानिसहरुले मद्दतका लागि हात अगाडि बढाएका छन्।’

डा पुनावालाले यदि यो भ्याक्सिनको क्लिनिकल टेस्ट र अन्य ट्रायल पूर्ण रुपमा ठिक तरिकाले पूरा भएमा यो वर्षको अन्त्यसम्म भ्याक्सिन बजारमा आउनेछ। – एजेन्सी