काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अधिकांश देश प्रभावित भइरहेको छ। भर्खरै जर्मनी चान्सलर एंगेला मार्केलले पनि यो भाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती भनेकी छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि प्रभावकारी भ्याक्सिन वा औषधि तत्काल बन्ने सम्भावना न्यून रहेकोले यो भाइरसको संकटबीच बाँच्ने बानी बसल्नुपर्ने जनाएको छ। 

थुप्रै देशहरुमा वैज्ञानिकहरु यो भाइरसविरुद्धको भ्याक्सिन बनाउन लागिपरेका छन्। केही देशमा भ्याक्सिनहरु मानिसमा परीक्षण सुरु गरिएको छ। 

यो भाइरस रोकथामका लागि अहिले विश्वव्यापी रुपमा दुईवटा औषधिको नाम निकै चर्चामा छ। एउटा हाइड्रोक्लोरिक्वाइन र अर्को रेमडेसिवयर। 

यसैबीच विश्वलाई एउटा झट्का दिने एउटा खबर बाहिर आएको छ। त्यो हो कोरोना संक्रमणमा प्रभावी हुने अनुमान गरिएको एन्टी भाइरल ड्रग रेमडेसिवयरको परीक्षण फेल भएको खबर। 

यो औषधि रेन्डम क्लिनिकल ट्रायलमा फेल भएको हो। यो औषधिमा विश्वभर नयाँ भरोसाको किरण जागेको थियो। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनमा भएको परीक्षणमा यो औषधि असफल भएको जनाएको छ। कुल २३७ बिरामीमध्ये १५८ जनालाई रेमडेसिवयर औषधि र बाँकीलाई प्लेसीबो औषधि चलाइएको थियो। तर करिब एक महिनापछि रेमडेसिवयर औषधि चलाइएकामध्ये १३.९ प्रतिशत बिरामीको मृत्यु भयो। जब कि प्लेसीबो औषधि चलाइएका १२.८ प्रतिशत बिरामीको ज्यान गयो। 

बिरामीमा साइड इफेक्ट देखिन थालेपछि रेमडेसिवयर औषधि बिरामी चलाउन बीचमै रोकिएको पनि डब्ल्यूएचओले जनाएको छ। यो औषधिबाट बिरामी कुनै सुधार नभएको बताइएको छ। मतलब यो औषधि दिएर पनि बिरामीको रगतमा यो भाइरसको प्रभाव कम भएन।

यी कारणले डब्ल्यूएचओले रेमडेसिवयरलाई कोरोना रोकथामका असफल भएको घोषणा गरेको हो। – एजेन्सी