काठमाण्डौ । कोरोनाभाइस संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर २ लाख ६ हजार ५०० बढीको ज्यान गइसकेको छ।

जोन हप्किङ्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७०० बढी पुगेको छ। उपचारपछि ८ लाख ६५ हजार ६०० बढी निको भएर घर फर्किएका छन्। 

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म मृतकको संख्या ९ लाख ६५ हजार नजिक पुगेको छ। अमेरिकाको न्युयोर्कमा मात्र १७ हजार २८० जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमित ५५ हजार आसपास रहेका छन्। अमेरिकामा उपचारबाट १ लाख ७ हजारजना निको भएका छन्।

इटलीमा संक्रमित संख्या १ लाख ९७ हजार ६७५ रहेकोमा २६ हजार ६५० को ज्यान गइसकेको छ। इटलीमा ६४ हजार ९०० बढी निको भएका छन्।

स्पेनमा २ लाख २६ हजार ६०० बढी संक्रमित भएकोमा २३ हजार २०० बढीको मृत्यु भएको छ। १ लाख १७ हजार ७०० बढी निको भएका छन्।

फ्रान्समा १ लाख ६२ हजार २०० बढी संक्रमित भइसकेका छन्। तीमध्ये २२ हजार ८५० भन्दा बढीको मृत्यु गइसकेको छ। संक्रमितमध्ये ४५ हजार ६५० जना निको भएका छन्।

बेलायतमा १ लाख ५४ हजार बढी संक्रमितमध्ये २० हजार ८०० को हाराहारीमा ज्यान गइसकेको छ। 

जर्मनीमा १ लाख ५७ हजार ७७० जना संक्रमित भएका छन्। तीमध्ये मृतकको संख्या ६ हजार नजिक पुगेको छ। जर्मनीमा निको हुनेको संक्रमितको संख्या १ लाख १२ हजार बढी रहेको छ। – एजेन्सी