काठमाण्डौ । नेपालगञ्जमा एकैदिन १५ जना कोरोना संक्रमित फेला परेका छन् ।
यी १५ मध्ये ९ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिइसकेको छ भने बाँकी ६ जनाको विषयमा केहीबेरपछि आधिकारिक जानकारी दिने तयारी गरिएको छ ।
नेपालमा कोरोना संक्रमणको १५ केस एकैदिन पहिलोपटक फेला परेको हो । यसअघि उदयपुरमा १४ जनामा एकैपटक भेटिएको थियो।
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भेटिएसँगै कुल कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयस्थित स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ६ को रिपोर्ट पोजिटिभ आएको हो ।
यसरी नेपालगञ्जका १५ र पर्साको एक गरी आज एकैदिन १६ नयाँ संक्रमित थपिएका छन् ।
नेपालगञ्जमा यसअघि एक ६० वर्षका व्यक्तिमा कोरोना संक्रमण फेला परेको थियो । योसहित नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
कुल संक्रमितमध्ये १६ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
नेपालमा भेटिएका संक्रमितमध्ये सबैको अवस्था सामान्य छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19