काठमाण्डौ । वैज्ञानिकहरुले कोरोनाभाइरसको नयाँ रुपको पहिचान गरेका छन्।

कोरोनाको यो रुप आफ्नो वास्तविक रुपभन्दा धेरै संक्रामक हुुने वैज्ञानिकहरुले दाबी गरेका छन्। यो नयाँ रुप पूरै विश्वमा नै फैलिसकेको जिकिर गरेका छन्। 

अमेरिकाको लस अलामस नेसनल ल्याबोरेटरीका वैज्ञानिकहरुले गरेको अध्ययनबाट यस्तो दाबी गरिएको हो। कोरोनाको नयाँ रुप फेब्रुअरीमा सबैभन्दा पहिला युरोपमा देखिएको उनीहरुको ठहर छ। जुुन चाँडै नै अमेरिका र पुुनः मार्चसम्म विश्वभरि फैलियो। 

तीव्र रुपमा फैलिनुुका अलावा यो भाइरस संक्रमितलाई दोहोर्याएर संक्रमण हुुन सक्ने रिपोर्टमा बताइएको छ। ३३ पेज रहेको रिपोर्ट बायोआरएक्सआइभी वेबसाइटमा प्रकाशन भएको छ। यो वेबसाइटमा वैज्ञानिक र शोधकर्ता कोभिड १९ को भ्याक्सिन र उपचारका बारे आफ्नो रिपोर्ट दिन्छन्।

कोरोनाभाइरसको भ्याक्सिनमा काम गरिरहेका वैज्ञानिकले लस एन्जल्स टाइम्सलाई भने, ‘सुुरुआती रिपोर्टमा यो भाइरस स्थिर हुुन्छ भन्ने आशा थियो र यो इन्फ्लुुएन्जा भाइरसजस्तै बदलिँदैन, जसमा हरेक वर्ष एक नयाँ भ्याक्सिनको जरुरत पर्छ तर लस अलामोसको रिपोर्टले हाम्रो आशामाथि झट्का लागेको छ।’

नयाँ रिपोर्टअनुुसार कोरोनाभाइरसको बदलिएको रुप बाहिरको हिस्सामा स्पाइकमा भइरहेको छ। जुुन श्वासप्रणालीको कोशिकाहरुलाई आफ्नो निसाना बनाएको छ। 

विश्वभरि नै कोरोनाभाइरसको भ्याक्सिन र औषधि बनाइरहेकाहरुलाई भाइरसको बदलिँदो रुपलाई ध्यानमा राखेर बनाउन रिपोर्टका लेखकको भनाइ छ।

रिपोर्टका अनुसार कतिपय ठाउँमा वास्तविक रुपको तुुलनामा यसको नयाँ स्वरुपले व्यक्तिलाई तीव्र रुपमा संक्रमित गरेको छ। यो निकै संक्रामक रुप लिइसकेको छ।

यो रिपोर्ट जर्मनीको संगठन ग्लोबल इनिसिएटिभ फर सेयरिङ अल इन्फ्लुुएन्जा डेटाद्वारा संकलन गरिएको विश्वभरिबाट ६ हजारभन्दा धेरै कोरोनाभाइरसका मामलामा कम्प्युुुटर विश्लेषणमा आधारित रहेको छ। यो विश्लेषणमा हरेक पटक पाइएको कोरोनाको नयाँ स्वरुप पुुरानोमा हावी भइसकेको छ।

ड्युक विश्वविद्यालय र इंग्ल्यान्डको सेफिल्ड विश्वविद्यालयका वैज्ञानिकहरुले भाइरसको १४ उत्परिवर्तन (म्युटेसन) पहिचान गरेको छ। यो म्युुटेसन आरएनएको लगभग ३० हजार बेस जोडीका साथ देखिएको कोरोनाभाइरसको जिनोम बनाउँछ। डी६१४जी नामक एक म्युटेसनमा धेरै ध्यान दिइएका कारण भाइरस स्पाइक्समा परिवर्तन भयो।

लस अलामसका बायोलोजिस्ट बेट्टे कोरबरले आफ्नो फेसबुुक पेजमा लेखेका छन्, ‘यो अवस्था चिन्ताजनक छ किनकि भाइरसको रुप तीव्र गतिमा परिवर्तन भइरहेको छ। जुन अब महामारी बनिसकेको छ।’

जब भाइरस यो म्युुटेसनसँग कुुनै आवादीमा प्रवेश गर्छ अनि त्यहाँका स्थानीय संक्रामक रोगलाई पनि आफ्नो चपेटामा लिन्छ र दुुवै मिलेर अरु धेरै संक्रामक हुुन्छ।

यो अध्ययनमा वैज्ञानिकहरुको मिश्रित प्रतिक्रिया आइरहेको छ। युुनिभर्सिटी अफ लोवामा बायोकेमिस्टीका प्रोफेसर चाल्र्स ब्रेनरले लस अलामसको यस अध्ययनलाई उपयोगी रहेको बताएका छन्। उनले भने, ‘विश्वभरिमा भ्याक्सिन बनाउने टिम यस्तो कागजातलाई निकै ध्यान दिइरहेका होलान्।’

टेक्सास चिल्डन्स हस्पिटल सेन्टर फर भ्याक्सिन डेभलपमेन्टका सहनिर्देशक डा पिटर होटेजले यो नयाँ अध्ययन उल्लेखनीय रहेको बताए। यद्यपि होटेजले यो अध्ययनको निष्कर्षका बारेमा थप पत्ता लगाउन जोड दिए। उनले भने, ‘धेरै अनुुमान आइरहेको छ तर व्यवहारिक रुपमा अहिले नै केही भन्न सकिँदैन।’ – एजेन्सी