काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन गरे । त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे ।
तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बुमा चढाए । उक्त सिट विशेष सुविधायुक्त थियो । प्रधानमन्त्रीले चढेको उक्त बसको सो सिट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको पार्टी कार्यकर्ताले शनिबार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उद्घाटन क्रममा चढेका थिए । प्रधानमन्त्री बसेकै सिट जलेर नष्ट भएको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago