काठमाण्डौ । लकडाउनअघि धितोपत्र बजारमा कारोबार सम्पन्न भई राफसाफ तथा फछ्र्यौट हुुन बाँकी धितोपत्रको कारोबार राफसाफ तथा फछ्र्यौट कार्य भोलि सोमबारबाट हुुुने भएको छ ।
सिडिएससीले एक सूचना जारी गरी नेपाल सरकारबाट निर्णय भएबमोजिम कोरानाभाइरस संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पालन गरी गराई धितोपत्र सम्बन्धी सेवा सुुचारु हुुने उल्लेख गरी लकडाउनका कारण धितोपत्र बजारमा कारोबार भएका धितोपत्रको राफसाफ तथा फछ्र्यौैट सोमबारदेखि नियमित हुने प्रष्ट पारेको हो ।
गत चैत ११ गतेबाट लकडाउन भएतापनि लकडाउनअघि एकदिन चैत १० गते आइतबारको धितोपत्र राफसाफ तथा फछ्र्याैट हुुन बाँकी छ । जसको सेटलमेन्ट भोलि हुुने भएको सिडिएससीले जनाएको छ ।
धितोपत्र बजारमा सेयरको कारोबार भने आगामी मंगलबारदेखि दैनिक दुुई घण्टाको दरले हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago