काठमाण्डौ । भोलिबाट खुुल्न गइरहेको धितोपत्र बजार काठमाण्डौका लगानीकर्ताका लागि पास, तर मोफसलका लगानीकर्ताका लागि भने त्रास हुुने भएको छ ।

सरकारले लकडाउनकै बीच धितोपत्र बजार खोल्ने निर्णय गरेसँगै भोलि(मंगलबार)देखि धितोपत्र कारोबार गर्ने मुुख्य ग्राहक लगानीकर्ताहरुको सही प्रतिनिधित्व सम्भव नहुुने देखिएको छ । 

अर्थात् उपत्यकाको हकमा ब्रोकरको सिफारिसमा लगानीकर्तालाई बोर्डबाट पास दिइने व्यवस्था गरिएको छ भने मोफसलका लागि भने जिल्ला प्रशासन कार्यालयबाट पास लिनुुपर्छ ।

बैंकका शाखाहरु खुुलेका स्थानहरुमा ब्रोकर कार्यालय खुल्ने र सेवा दिन तयारी भइसकेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट दाबी गर्छन् । यद्यपि काम भएर हिँड्ने मान्छेलाई बाटोमा नरोकिएको जिकिर गर्दै उनले मोफसलका हकमा भने स्थानीय सरकारकै हातमा रहेको बताए । 

देशव्यापी लकडाउन चलिरहेका बेला मोफसलका लगानीकर्ताले नजिकै रहेको ब्रोकर कार्यालयमा कसरी जाने भन्ने जिज्ञासामा रानाभाट मोफसलका लगानीकर्ताका विषयमा चाहिँ अहिलेसम्म केही कुुरा नभएको सुुनाउँछन् । ‘अनलाइन कारोबार प्रणालीलाई नै जोड दिइने निर्णय भएको र ब्रोकर शाखालाई पास भने जिल्ला प्रशासन कार्यालय(सीडीओ)बाटै उपलब्ध गराउने निर्णय भएको छ । यसका लागि ब्रोकर आफैंले पहल गर्नुुपर्ने हुुुन्छ।’उनले बिजशालासँग भने ।

स्टक ब्रोकर नम्बर ४९ अनलाइन सेक्युुरिटीज प्रालिका शाखा प्रबन्धक सुुजन निरौला सरकारले धितोपत्र बजार खुुलाउने निर्णय गरेतापनि ब्रोकर कम्पनीको आइडी देखाएकै भरमा कार्यालयसम्म जाने विषयमा स्थानीय प्रहरी प्रशासनले कुनै सहयोग नगरेको गुनासो गर्छन् । धितोपत्र बजारसम्बद्ध संस्थाहरुका कर्मचारीहरु सहज रुपमा आवतजावत गर्न समस्या भएपनि भोलि मंगलबार कार्यालय खोली सेवा दिइने उनले दाबी गरे । 

स्वास्थ्य सुुरक्षाको मापदण्ड बमोजिम न्यूूनतम कर्मचारीबाटै ब्रोकरेज सेवा दिइने, तर अनलाइन कारोबारमा आवद्ध हुुुन र अनलाइन बैंक भुुुक्तानी गर्न उनले जोड दिए ।

गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएयता भोलि मंगलबारदेखि धितोपत्र कारोबार पनि खुुुल्दैछ ।