काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको एउटा नयाँप्रति विश्वलाई सचेत गराएको छ।

डब्ल्यूएचओका विशेषज्ञहरुका अनुसार यदि कसैलाई बोल्नलाई समस्या भइरहेको छ भने त्यो कोरोनाभाइरसको गम्भीर लक्षण हुन सक्छ। अहिलेसम्म विश्वभरका वैज्ञानिकहरुले रुघाखोकी वा ज्वरो कोरोनाभाइरसको मुख्य लक्षणका रुपमा रहेको बताउँदै आएका थिए। 

त्यसो कोरोनाबाट स्वास्थ्य लाभ गरेका केहीले आफूहरुलाई बोल्न पनि समस्या हुने गरेको बताएका थिए। तर डब्ल्यूएचओले नै यसलाई थप पुष्टि गर्दै कोरोनाभाइरसको गम्भीर लक्षणका रुपमा बोल्नलाई समस्या हुनु पनि रहेको स्पष्ट पारेको छ। डब्ल्यूएचओले बोल्नका साथसाथै हिँडडुल गर्न समस्या भएमा तत्काल चिकित्सकलाई खबर गर्न पनि सबैलाई आग्रह गरेको छ। 

डब्ल्यूएचओले कोरोना संक्रमित धेरैजसो मानिसमा सामान्य श्वासप्रश्वासमा समस्या देखिने गरेमा उपचारपछि ठिक हुने सम्भावना रहेको जनाएको छ। तर यो भाइरसको गम्भीर लक्षणका रुपमा श्वास लिन निकै समस्या हुनु, छातीमा दुःखाइ हुनु, बोल्न समस्या हुनु र हिँडडुलमा समस्या हुन आदि रहेको डब्ल्यूएचआले जनाएको छ। 

विशेषज्ञहरुले यदि कसैलाई यस्ता गम्भीर समस्या देखिएका छन् भने तुरुन्त चिकित्सकको सम्पर्कमा जान आग्रह गरेका छन्। उनीहरुले बोल्न समस्या हुनासाथ कोरोनाभाइरसको लक्षण देखिएको भन्न सकिने पनि स्पष्ट पारेका छन्। कतिपय अवस्थामा अन्य कारणले पनि बोल्न समस्या हुने भएकाले सामान्य उपचार पनि ठिक हुने उनीहरुको ठहर छ।

हालसम्म विश्वमा ४६ लाख ६० हजार मानिसको कोरोना संक्रमणबाट बिरामी परेका छन्। तीमध्ये ३ लाख ११ हजार मानिसको ज्यान गइसकेको छ भने ज्यान गइसकेको छ। स्वास्थ्य लाभ गर्नेको संख्या १६ लाख ९३ हजार बढी रहेको छ।  – एजेन्सी