काठमाण्डौ । खोटाङमा पहिलोपटक एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडानम्बर ७ बस्ने २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको थ्रोट स्वाब संकलन गरी जेठ २ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रयोगशालामा पठाइएको थियो । त्यहाँ भएको परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।
ती युवकलाई मंगलबार बिहान एम्बूलेन्सबाट विराटनगरस्थित कोशी अञ्चल अस्पताल लैजाने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका एक अधिकृतका अनुसार ती युवक बैशाख १२ गते नगरपालिकाले नगरबासीलाई घर फर्काउन काठमाण्डौ पठाएको गाडीमा आएका थिए । काठमाण्डौमा अलपत्र परेका नगरबासीलाई नगरपालिकाले आफ्नै खर्चमा गाडी पठाएर जिल्ला ल्याएको थियो । सोही टोलीमा ती युवक पनि थिए ।
ती युवकले काठमाण्डौको एक सहकारीमा पैसा उठाउने काम गर्ने गरेका पनि प्रारम्भिक सोधपुछको क्रममा पत्ता लागेको बताइएको छ । सहकारीको नाम खुलिसकेको छैन ।
काठमाण्डौबाट हलेसीस्थित घर पुगेका उनी होम क्वारेन्टाइनमा रहेका परिवारजनले दाबी गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago