काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अब आउने ३० दिनभित्र मुुख्य उल्लेख्य सुुधारहरु नगरे अमेरिकाले प्रदान गर्दै आइरहेको सहयोगलाई सदाका लागि बन्द गर्ने चेतावनी दिएका छन्।

डब्ल्यूएचओका डाइरेक्टर जनरललाई लेखेको पत्रमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। “यो महामारीप्रति प्रतिक्रिया दिने सवालमा तपाइँ र तपाइँको संगठनले उठाइरहेका गलत कदमहरु विश्वका लागि महँगो साबित भइरहेको छ। अबको एउटामात्र बाटो भनेको डब्ल्यूएचओले आफूलाई चीनको चंगुुलबाट स्वतन्त्र बनाउनुुपर्दछ”, पत्रमा भनिएको छ, “संगठनमा कसरी सुुधार ल्याउन सकिन्छ भनेर मेरो प्रशासनले तपाइँसँग छलफल गर्ने काम गरिसकेको छ। तर यसका लागि कदम उठाउन आवश्यक रहेको छ। हामीसँग खेर फल्नका लागि समय बाँकी छैन।” 

कोरोनाभाइरसका कारण अमेरिकामा ९० हजारभन्दा धेरैको मृत्युु भइसकेको छ भने ३ लाख १८ हजारभन्दा धेरै संक्रमित भइसकेका छन्। कोरोनाको कुुनै पनि उपचार नभए पनि यसविरुद्धको भ्याक्सिन विकासमा केही आशालाग्दा संकेतहरु देखिएका छन्। 

ट्रम्पले उक्त पत्रमा आफूले अमेरिकी जनताहरुले तिरेको कर अमेरिकाको स्वार्थमा काम नगर्ने संस्थालाई दिन नसक्ने बताएका छन्। यसका साथै उनले डब्ल्यूएचओले राजनीतिक खेल खेलेको भन्दै आलोचना गरेका छन्। “अमेरिकाले डब्ल्यूएचओलाई प्रत्येक वर्ष ४०० मिलियनदेखि ५०० मिलियनसम्म सहयोग प्रदान गर्ने गर्दछ’, पत्रमा भनिएको छ, ‘तर चीनले जम्मा ४० मिलियनमात्रै प्रदान गर्दै आइरहेको छ। के अमेरिकाले चीनको हालात जान्न आफ्नो मेडिकल विशेषज्ञको टोली चीन पठायो र चीनलाई पारर्दशिताका लागि दोषी ठहरायो ? यो महामारी कम मृत्युुका साथ यसको उद्गमस्थलमै सीमित हुुन सक्थ्यो तर चीनको अपारदर्शीताले आज यस्तो अवस्था सिर्जना भएको छ।” 

ट्रम्पको यस्तो पत्रपश्चात डब्ल्यूएचओका निर्देशक टेड्रोसले डब्ल्यूएचओले सबै देशहरुसँग मिलेर काम गर्ने र कोरोनाविरुद्धको लडाइँमा एकता मुुख्य हुुने प्रतिक्रिया दिएका छन्। – एजेन्सी