काठमाण्डौ । दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डौको कालीमाटीस्थित महानगरी प्रहरी वृत्तका सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । 

सो वृत्तमा कार्यरत सबै प्रहरीलाई आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ । 

स्रोतका अनुसार कालीमाटीको महानगरीय प्रहरी वृत्त, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका २५० बढी प्रहरीलाई आइसोलेसनमा राखिएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अहिले कालिमाटी वृत्त र सो मातहत रहेका सबै प्रहरीलाई आइसोलेसनमा राखिएपछि नियमित कामका लागि १०० प्रहरी परिचालन गरिएको छ । 

प्रहरी कार्यालय पनि शिल गरिएको छ ।

संक्रमित दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल बल्बुमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको ४ दिनअघि स्वाब संकलन भएकोमा मंगलबार साँझ संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो ।