काठमाण्डौ। सारा विश्वका लागि अहिले महामारीका रुपमा देखिएको कोरोनाभाइरस विल्कुुलै नयाँ भाइरस हो। यसबारे वैज्ञानिक र चिकित्सकहरु नै राम्रोसँग परिचित छैनन्।
यो कहाँबाट आयो ? कसरी आयो ? यसको उपचार के हो ? यो कसरी रोकिन्छ ? यी प्रश्नको उत्तरका बारेमा यतिबेला कोही पनि स्पष्ट छैनन्। तर एउटा कुुरा के स्पष्ट भएको छ भने सामाजिक दूरी कायम राखे यसलाई रोक्न सकिन्छ।
विश्वका हरेक देशले सामाजिक दूरीलाई प्रमुुख हतियारका रुपमा यो भाइरसविरुद्ध प्रयोग गरिरहेका छन्। नेपालमा पनि कोरोनाको रोकथाम र नियन्त्रणका लागि सामाजिक दूरी कायम राख्न सरकारले निर्देशिका जारी गरेको छ।
सामाजिक दूरीलाई व्यवहारमा उत्तार्नका लागि नेपाल सरकारले लकडाउनको व्यवस्था गरिरहेको छ। तर यो सामाजिक दूरी कहिलेसम्म जारी रहिरहन्छ ?
पछिल्लो शताब्दीको सुुरुआतताका जब पहिलो विश्व युुद्ध समाप्त भएको थियो तब एउटा भाइरसले सम्पूर्ण विश्वमा हमला गरेको थियो। त्यो भाइरसले विश्वको एक चौथाइ जनसंख्यालाई आफ्नो सिकार बनाएको थियो। त्यो महामारीलाई अहिले हामी स्पेनिस फ्लुुको नामबाट चिन्ने गर्दछौँ। त्यो भाइरसको महामारीबाट त्यतिबेला विश्वका ५ देखि १० करोड मानिसको ज्यान गएको थियो।
स्पेनिस फ्लुु
सन् १९१८ मा यो महामारीको दौरान अमेरिकाको कयौँ सहरमा लिर्बटी ब्रान्ड परेडको तयारी भइरहेको थियो। यो परेडको माध्यमबाट युुरोपेली देशहरुलाई युुद्धमा सहायता गर्नका लागि रकम जुुटाइँदै थियो। फिलाडेलफिया र पेन्सलभेनिया सहरका प्रमुुखहरुले महामारीको बाबजुुत पनि यो परेड सञ्चालन गर्ने निर्णय गरेका थिए। जब कि यी सहरका ६०० सैनिक पहिलेदेखि नै स्पेनिस फ्लुु भाइरसबाट संक्रमित भइसकेका थिए। यसको बाबजुुत पनि यी सहरमा परेड गराउने निर्णय गरिएको थियो।
सेन्ट लुुइस र मिसौरी राज्यमा गरिने भनिएका परेडहरु रद्द गरिएका थिए। यी राज्यमा मानिसको जमघट रोक्न अन्य उपाय पनि अबलम्बन गरिएका थिए। यसको नतिजास्वरुप फिलाडेलफियामा एक महिनामा दश हजारभन्दा बढी मानिसहरुले स्पेनिस फ्लुु संक्रमणको चपेटामा परेर मृत्युुवरण गर्नुुपरेको थियो। जब कि मानिसहरुलाई जमघट हुुनबाट रोकेको सेन्ट लुुइस राज्यमा मर्नेको संख्या सात सयभन्दा पनि कम रहेको थियो। अर्थात सामाजिक दूरी कायम गरिएका कारण सेन्ट लुुइसका मानिस बच्न सफल भएका थिए।
इतिहासका कयौँ उदारहणहरु
न्युजिल्यान्डका महामारी तथा संक्रामक रोग विशेषज्ञ अरिन्दम बसुुका अनुुसार दुुईभन्दा कम व्यक्तिलाई जमघट हुुनबाट रोक्ने कार्य नै सामाजिक दूरी हो। भाइरसलाई रोक्न सामाजिक दूरीले एकदमै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। यतिबेला कोरोना संक्रमणलाई रोक्न विश्वभरमा पनि सामाजिक दूरीलाई महत्व दिइएको पाइन्छ।
इतिहासमा फर्केर हेर्दा यसका कयौँ उदारहणहरु पाइन्छन्। सन् १९१८ मा अमेरिकाका कयौँ सहरहरुमा भाइरसलाई रोक्न सार्वजनिक समारोहहरुमा प्रतिबन्ध लगाइएका थिए। स्कुुल, चर्च, थिएटर सबै बन्द गरिएका थिए। यो घटनाको पूरै एक शताब्दीपछि अहिले फेरि एकपटक विश्व फेरि त्यस्तै अवस्थाबाट गुुज्रिरहेको छ। तर यो शताब्दीमा विश्वको जनसंख्या त्यो बेलाको भन्दा ६ अर्ब धेरै भइसकेको छ।
कोभिड १९ स्पेनिस फ्लुजस्तो भाइरस होइन। वैज्ञानिकहरुका लागि यो भाइरस अनुुसन्धानको विषय बनेको छ। यतिबेला यसलाई नियन्त्रणमा राख्ने एकमात्रै भरपर्दाे उपाय भनेकै सामाजिक दूरी देखिएको छ। यसको माध्यमबाट मात्रै कोरोना संक्रमणको शृंखलालाई तोड्न सकिन्छ।
सामाजिक दूरी
यतिबेल विश्वका सबैजसो देशले आफ्ना जनतालाई घरभित्रै बस्न, समाजिक दूरी र लकडाउनको पालना गर्न सल्लाह र निर्देशिकाहरु जारी गरेका छन्। यसको एउटै उद्देश्य भनेको केवल मानिसलाई संक्रमित व्यक्तिहरुको सम्पर्कबाट टाढा राख्नुमात्रै हो। सेल्फ आइसोलेसन र क्वारेनटाइन समाजिक दूरीकै अलगअलग रुप हुुन्। सामाजिक दूरीको यो अवस्था अझै केही समयसम्म लम्बिने देखिन्छ।
हार्वड युुनिभर्सिटीको एउटा प्रतिवेदनअनुुसार अमेरिकामा सामाजिक दूरीको अवस्था सन् २०२२ सम्म रहिरन सक्छ। तथापि यो प्रतिवेदन कुुनै पनि शैक्षिक पत्रपत्रिकामा प्रकाशित हुुन भने बाँकी नै रहेको छ।
सन् २०२२ सम्ममा कोरोनाविरुद्धको भ्याक्सिन या त औषधि पत्ता लाग्ने विश्वास गरिएको छ। तर त्यतिन्जेलसम्मका लागि कोरोनाको चपेटाबाट बच्नका लागि सामाजिक दूरी कायम राख्नुु नै सबैभन्दा उत्तम विकल्प हो। यदि मौसमको चक्रको असर यो भाइरसमाथि पर्यो भने यो वर्षको अन्त्यसम्म फेरि यो भाइरस सक्रिय हुुने सम्भावना रहेको छ।
कोरोनाबाट संक्रमित व्यक्तिले औसत रुपमा २ देखि ३ जनालाई संक्रमित गर्ने सम्भावना हुुन्छ।
भाइरसको लक्ष्यण
एक अध्ययनका अनुुसार स्पेनिस फ्लुुको भाइरसको प्रजनन क्षमता १.८ रहेको छ। त्यस्तै इन्फ्लुुन्जा भाइरसको क्षमता १.०६ देखि ३.४ रहेको छ। रेनोभोभाइरसको प्रजनन क्षमता १.२ देखि १.८३ छ।
कोरोनाभाइरसको प्रजनन क्षमता १.४ देखि ३.९ रहेको छ जुुन कुुनै पनि भाइरसको तुुलनामा सबैभन्दा बढी हो। कोभिड १९ माथि चीनमा भएको एक अनुसन्धानका अनुुसार यो भाइरसको लक्षण ५ दिनमै शरीरमा फैलन सुुरु गर्ने गर्दछ र १४ दिनमा स्पष्ट रुपमा देखिने गर्दछ।
यदि कोरोना संक्रमितले सामान्य रुपमा अन्य मानिससँग सम्पर्कमा आए दुईदेखि तीनजनालाई संक्रमित पार्न सक्छ र फेरि यी दुुईदेखि तीनजनाले पनि फेरि अन्य दुुई–तीनजनालाई नै संक्रमण सार्ने गर्दछन्।
यस प्रकार एकजना कोरोना संक्रमितले एक महिनामा लगभग २४४ जनालाई संक्रमण फैलाउन सक्छ। यदि यसलाई रोकथाम गरिएन भने अघिल्लो दुुई महिनामा यो आँकडा ५९ हजार ६०४ पुुग्न सक्छ।
साइलेन्ट ट्रान्समिसन
कोरोनाभाइरस यस्ता व्यक्तिबाट पनि सर्न सक्छ जसलाई संक्रमण भए पनि कुुनै पनि लक्ष्यण देखिएको हुुँदैन। यसलाई साइलेन्ट ट्रान्समिसन भन्ने गरिन्छ। लगभग १० प्रतिशत केसमा यस्तो साइलेन्ट ट्रान्समिसन देखिने गर्दछ।
यदि त्यस्ता व्यक्तिले आफूलाई अन्य व्यक्तिबाट भिन्दै राख्न सके भने कोरोनाको संक्रमण दर धेरै हदसम्म रोकिने गर्दछ।
चीनको वुुहान सहरमा कोरोनाभाइरस संक्रमणमाथि भएको अनुुसन्धानका अनुुसार सामाजिक दूरीका माध्यमबाट यो भाइरसको प्रजनन क्षमतालाई कम गर्न सकिन्छ। यसको प्रभाव वुुहानमा जारी गरिएको लकडाउनका बेला देखिएको थियो। त्यहाँ सामाजिक दूरी कायम गरिएका बेला भाइरसको प्रजनन क्षमता २.३५ बाट लगभग १ मा आएको थियो। अर्थात एकजना कोरोना संक्रमितले अन्य एकजनालाई मात्रै संक्रमण सार्न सक्दथ्यो।
सामाजिक दूरीको अर्काे उदेश्य भनेको संक्रमणको तीव्रतालाई कम गर्नुु पनि हो। अर्थात यदि यो भाइरस एक व्यक्तिबाट अर्काेमा सर्न समय लाग्छ भने यसको शक्ति कमजोर हुुने गर्दछ र यसले कमभन्दा कम व्यक्तिलाई प्रभावित पार्ने गर्दछ।
अन्य व्यक्तिबाट टाढा राख्नुुपर्दछ
यदि मानिसहरु एक–अर्कासँग निरन्तर रुपमा सम्पर्कमा आइरहे भने यो भाइरस फैलने सम्भावना एकदमै उच्च हुुने गर्दछ। कोरोनाभाइरसको संक्रमण रोक्न विभिन्न देशमा फरक–फरक तरिका अपनाइएका छन्। बेलायतले यसका लागि एउटा कम्प्युुटर मोडेल अपनाएको छ। जसबाट संक्रमण कसरी फैलन्छ भनेर जान्न सजिलो हुुने गर्दछ। बेलायतका लागि यो मोडेल इम्पेरियल कलेज लन्डनले निर्माण गरेको हो र यसको प्रतिवेदन १६ मार्चमा प्रकाशित भएको थियो।
यसरी अमेरिका र बेलायतको जनसंख्या हेरेर दुुई प्रकारको मोडेलमाथि अनुुसनधान गरिएको छ। एउटा मोडेलमा संक्रमण भएका र यसको लक्षण देखिएकाहरुलाई अन्य मानिसबाट अलग राखिने गरिन्छ। दोस्रो मोडलमा संक्रमित र तिनका परिवारका सदस्यलाई घरमै राख्ने गरिन्छ र अन्य मानिसबाट अलग राख्ने गरिन्छ। यो अनुुसन्धानमार्फत एउटा डरलाग्दो तथ्य सार्वजनिक भएको थियो।
अनुुसन्धानअनुुसार यदि बेलायतमा कोरोनाको नियन्त्रणका लागि केही गतिलो कदम नउठाइएको भए त्यहाँ ५ देखि १० लाखसम्मको मृत्युु हुुन सक्दथ्यो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago