काठमाण्डौ । अमेरिकी सरकारको स्वास्थ्य विभागअन्तर्गतको बायोमेडिकल एड्भान्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी र अक्सफोर्ड युुनिर्भसिटीले औषधि निर्माता कम्पनी एस्त्राजेनेकालाई कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न १ बिलियन अमेरिकी डलर प्रदान गरेको छ।
बेलायत र स्विडेनको स्वामित्व रहेको एस्त्राजेनेकाले अमेरिकी सरकारलाई पहिलो चरणमा ४०० मिलियन डोजको भ्याक्सिन आपूर्ति गर्ने कुुरामा सहमति जनाएको छ। यसका साथै कम्पनीले कुुल १ बिलियन डोज प्रदान गर्ने र पहिलो आपूर्ति सेप्टेम्बर महिनामा पठाउने भएको छ।
एस्त्राजेनेकाको भ्याक्सिन विकास कार्यक्रममा ३० हजार सहभागीसहित तीनवटा क्लिनिकल परीक्षण सहभागी रहेका छन्। यसका साथै यो कार्यक्रममा बाल चिकित्सकहरुलाई पनि समावेश गराइएको छ।
कम्पनीका सीईओ पास्कल सोरिओटले भ्याक्सिन विकास गर्न यसलाई व्यापक र तीव्र रुपमा उपलब्ध गराउन आफ्नो सबै शक्ति र क्षमता प्रयोग गर्ने बताएका छन्। अमेरिकामा कोरोना संक्रमणले उग्र रुप लिएपछि यसविरुद्धको भ्याक्सिन विकासलाई तीव्रता दिएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago