काठमाण्डौ । लकडाउनकै बीच गत बैशाख ३० र ३१ गते भएको धितोपत्र कारोबारमा कुुनै चलखेल नभएको प्रारम्भिक नतिजा आएको छ ।
गत बैशाख अन्तिममा लकडाउनकै बीचमा खुुलेको धितोपत्र बजारमा १० कित्ता मुुनि तथा १–२ कित्ताले बजार घटाउने नियतमा केही समूूह लागेको भनी लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा रिपोर्टिङ गरेपछि बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई छानबिनका लागि निर्देशन दिएको थियो ।
बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले दुुुई दिनको कारोबारमा १–२ कित्ताले बजार घटाउन खोजिएको भन्ने कम्प्लेन आएपछि नेप्सेलाई अध्ययन गर्न निर्देशन दिइएको बिजशालासँग बताए । यदि धितोपत्र कारोबारमा नेप्से परिसूूचक घटाउने नियत देखिए कारबाही गर्ने उनले दाबी गरेका थिए ।
नेप्सेका एक अधिकारीले बिजशालासँग भने–‘गत बैशाख ३० गतेको चाहिँ मैले सम्पूूर्ण कारोबार नियालँे तर त्यस्तो चलखेल नै भन्ने देखिएन । अहिले लकडाउनका कारण दोस्रो दिनको कारोबार नियाल्न असमर्थ छौं । हाम्रो प्रारम्भिक अध्ययनमा बाहिर भनिएझैँ बजार घटाउने नियतका साथ कारोबार भने भएको देखिन्न ।’
‘त्यो बेला अवस्था नै त्यस्तै थियो। त्यस्तो विषम परिस्थितिमा लगानीकर्ताहरु १–२ कित्ता वा १० कित्ता मुुनि नै कारोबार गर्ने प्रवृत्ति पुुरानै हो, किनभने बजारको अनिश्चिता भएकाले यस्तो बेला स–सानो कारोबार हुुनुु स्वाभाविक नै हो नि।’ उनले थपे ।
बैशाख ३० र ३१ गते सम्पन्न धितोपत्र कारोबार रद्द हुुनुुपर्ने लगानीकर्ताको मागसमेत धितोपत्र कारोबारको सिद्धान्त विपरीत रहेको उनको ठहर छ ।
स–सानो कारोबार गराएको आरोप खेपेका ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबार कम्पनीका महाप्रबन्धक विष्णुु ओझाले बिक्रीकर्ता र खरिदकर्ताकै आदेश अनुुरुप कारोबार सम्पन्न गरिदिएको बताए । ‘नेप्सेकै सिस्टममा समेत अड लडको कारोबार गर्न सकिने भएकैले पनि कारोबार गरेका हौं।’ओझाले बिजशालासँग भने–‘स–सानो कित्ताले सेयरमूूल्य र नेप्से परिसूूचकमा कुनै असर पर्दैन ।’
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago