काठमाण्डौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफैँ ६ दिनदेखि होम क्वारेन्टाइनमा बसेका छन्।
आफूले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन्। उनी गत बिहीबारदेखि मन्त्रालय आएका छैनन्।
मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए। ती महिलामा कोरोनाको आशंका गरी बिहीबार स्वाब संकलन गरिएको थियो। ती महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको थियो।
मन्त्री ढकाल भने ती महिलामा कोरोना आशंका गरिएको दिन बिहीबारदेखि नै क्वारेन्टाइनमा बसेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
यसैबीच मन्त्री ढकालको आज बिहान स्वाब संकलन गरिएको छ। आज बेलुकासम्म रिपोर्ट आउने मन्त्रालयका अधिकारहिरु बताउँछन्।
यसअघि सरुवा रोग महाशाखाका चिकित्सकलाई कोरोना पुष्टि भएसँगै पनि मन्त्री ढकालको पीसीआर परीक्षण गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago