काठमाण्डौ । रसियाले कोरोनाको उपचारका लागि एन्टी इन्फ्लुुएन्जा औषधि ‘अविफाविर’ प्रयोग गर्न अनुुमति प्रदान गरेको छ। जुुन महिनाबाट रसियाका अस्पतालहरुमा यसको आपूर्ति गर्न निर्देशन पनि दिइएको छ। 

सियाको रसियाज् सोभरेन वेल्थ फन्ड (आरडिआईएफ) ले सव्र्रप्रथम जापानमा एभिगानको नाममा विकास गरिएको एन्टी इन्फ्लुुन्जा औषधि फेविपिराविरमा आधारित औषधिको विकास र उत्पादनका लागि रकम प्रदान गरेको छ। यसका लागि रुसी सरकारले रसियन औषधि निर्माता कम्पनी केमरारसँग ५०÷५० प्रशितको संयुुक्त लगानीमा गर्ने भएको छ। 

प्रारम्भिक परीक्षणका क्रममा यो औषधिले कोरोनाको संक्रमणको रिकभरी समयलाई छोट्याउने काम गर्ने देखिएको थियो। आरडीआईएफ र केमरारअनुुसार अविफाविरको अन्तिम परीक्षणका लागि ३३० जना संक्रमितमा क्लिनिकल परीक्षणको काम भइरहेको छ। “यो एकदम महत्वपूर्ण कदम हो”, आरडीआईएफका कार्यकारी प्रमुुख किरिल दिमित्रिभले भने, “हामीले कोरोनाविरुद्ध यतिबेला जम्मा दुुईवटा एन्टीभाइरल औषधिमात्रै प्रभावकारी रहेको विश्वास लिएका छौँ। ती हुुन अमेरिकाले परीक्षण गरेको रेमडिसिविर र अविफाविर।” 

आरडीआईएफ र केमरारले रसियाका अस्पतालहरुलाई जुुन महिनामा ६० हजार अविफाविर डोज आपूर्ति गर्ने जनाएका छन्। उनीहरुले कोरोनाविरुद्धको उपचारका लागि यो औषधिलाई विश्वको पहिलो अनुुमति प्राप्त औषधिका रुपमा प्रवद्र्धन गर्ने जनाएका छन्। 

कोरोनाको उपचारका लागि प्रयोग गरिएको अविफाविर पहिलो औषधि हो र यसले परीक्षणका क्रममा कोरोना संक्रमितको उपचारमा प्रभावकारी नतिजा दिलाएको छ। यो औषधिलाई रसियाको स्वास्थ्य मन्त्रालयबाट रजिस्ट्रेसन सर्टिभिकेट प्राप्त भएको छ। त्यसैले आरडीआईएफ र केमरारले अविफाविरलाई कोरोनाको उपचारका लागि विश्वको पहिलो अनुुमति प्राप्त औषधि भएको दाबी गरेका छन्। – एजेन्सी