काठमाण्डौ । औषधि निर्माता कम्पनी एस्त्राजेनेकाले कोरोनाविरुद्धको २ बिलियन डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ।
यसमध्ये कम्पनीले ४०० मिलियन डोज अमेरिका र बेलायतका लागि र १ बिलियन डोज निम्न र मध्यआय भएका देशहरुका लागि उत्पादन गर्ने जनाएको छ। कम्पनीले अमेरिका र बेलायतलाई कोरोनाविरुद्धको भ्याक्सिन यही वर्षको सेप्टेम्बर या त अक्टोबर महिनाबाट वितरण गर्ने योजना बनाएको छ।
एस्त्राजेनेकाका सीईओ पास्कल सोरिओटका अनुुसार सन् २०२१ बाट कम्पनीले वितरणलाई सन्तुुलित पार्दै जानेछ। यसका साथै कम्पनीले निम्न तथा मध्य आय भएका देशहरुलाई १ बिलियन डोज उपलब्ध गराउनका लागि भारतको सेरम इन्स्च्यिुट अफ इन्डियासँगको सम्झौतामा हस्ताक्षर गरेको र यसमध्ये ४०० मिलियन डोज भने यो वर्षको अन्त्यसम्म आपूर्ति गर्ने जनाएको छ।
एजेडडी १२२२ नामक भ्याक्सिन अक्सफोर्ड युुनिभर्सिटीले विकास गरेको हो र एस्त्राजेनेकाले आफ्नो साझैदारसँग मिलेर यो भ्याक्सिनको उत्पादन र वितरण गर्ने भएको छ। कम्पनीका सीईओ सोरिओटका अनुुसार यही अप्रिल महिनामा भएको परीक्षणका आधारमा भ्याक्सिनको वितरण निर्भर हुुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago