काठमाण्डौ । वैज्ञानिकहरुले मानिसहरुले नै वन्यजन्तुबाट मानवमा फैलिने र विश्वभर तीव्रगतिमा बढ्ने महामारी रोगहरुका लागि ‘एउटा आदर्श र तुफान सदृश’को स्थिति बनाएको चेतावनी दिएका छन्।
प्राकृतिक विश्वमा मानवको अतिक्रमणले यस्ता महामारीलाई बढावा दिइरहेको पनि वैज्ञानिकहरुको ठहर छ। नयाँ–नयाँ महामारी रोगको स्रोत अध्ययन गर्ने वैज्ञानिकहरुले ती महामारीको प्याट्रनका आधारमा यतो भयवाहस्थिति अझै आउने सक्ने चेतावनी दिएका हुन्। यसले कुन जीवनबाट आएको रोग मानिसका लागि सबैभन्दा बढी खतरनाक हुन सक्ने भन्ने विषयमा पत्ता लगाउन सजिलो हुन्छ।
लिभरपुल विश्वविद्यालयका प्रोफेसर म्याथ्यू बायलिसका अनुसार विगत २० वर्षमा विश्वसामु ६ वटा छुट्टाछुट्टै ठूला खतरनाक महामारीको सामना गर्नुपर्यो। जसमा सार्स, मर्स, इबोला, एभियन इन्फ्लुएन्जा, स्वाइन फ्लु र अहिलेको कोरोनाभाइरस रहेका छन्। ‘कोरोनाभाइरस अन्तिम महामारी भने होइन, जुन अहिले हामी सामना गरिरहेका छौँ’, म्याथ्यू भन्छन्, ‘त्यसैले अब यो आवश्यक छ कि हामीले वन्यजन्तुबाट सर्ने रोगका विषयमा नजिकटबाट जान्नुपर्छ।’
वन्यजन्तुबाट हुने बिरामीबारे नजिकबाट बुझ्नका लागि यही प्याट्रन प्रणाली तयार गरिएको छ ता कि अलगअलग जनावरको सम्बन्धमा विस्तृत डेटाबेस तयार गर्न सकियोस् र त्यसलाई जाँच्न सकियोस्।
थुप्रै वैज्ञानिकहरुले यो कुरा सहमति जनाएका छन् कि जीवजन्तुप्रति मानिसको व्यवहार, जंगल कटान, जीवजन्तुको बसोबास अतिक्रमण आदिका कारण यस्ता महामारी फैलाउन मद्दत पुगिरहेको छ। युनिभर्सिटी कलेज लन्डका प्रोफेसर केट जोन्सका अनुसार वन्यजन्तुमा मानिसकै हस्तक्षेपका कारण अहिले विभिन्न संक्रामक रोगको जोखिम बढिरहेको छ। – बीबीसी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago