काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट बच्न सरसफाइ र स्वच्छताको भूमिका अहिले अहम् मानिएको छ।

स्वच्छताका लागि मानिसहरु अहिले ह्यान्ड स्यानिटाइजरको प्रयोग गरिरहेका छन्। तर स्यानिटाइजरको अत्याधिक मानव स्वास्थ्यका लागि घातक हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। 

विशेषज्ञहरुका अनुसार ह्यान्ड स्यानिटाइजरको प्रयोग त्यतिबेलामात्र प्रयोग गर्दा राम्रो हुन्छ जब साबुन वा पानीको उपलब्ध हुँदैन। स्यानिटाइजरको लगातार प्रयोगले स्वास्थ्यमो नोक्सानी पुर्याउने उनीहरुको ठहर छ। 

थुप्रै अध्ययनहरुमा ह्यान्ड सेनिटाइजरमा अल्कोहल (रक्सी) को मात्र अधिक हुने हुँदा भाइरसलाई मार्न सक्षम हुन्छ। तर तिनै अध्ययनले त्यस्ता सेनिटाइजरको अत्याधिक प्रयोगले हातमा सुक्खापन, चिलाउने र अन्य थुप्रै समस्या देखिने पनि देखाएका छन्। 

सीएसआईआर इन्स्टिच्युट अफ टोक्सिकोलोजी रिसर्चका डा आलोक धवनका अनुसार स्यानिटाइजरको प्रयोग निकै कम र आवश्यक पर्दा मात्र गरिनुपर्छ। ‘दैनिक २–३ मिलिटिर स्यानिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा नोक्सानी हुँदैन तर हरेक २० मिनेटमा स्यानिटाइजर प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुँदैन’, उनी भन्छन्, ‘सकभर स्वच्छताका लागि साबुन–पानीकै प्रयोग गरौँ।’ – एजेन्सी