काठमाण्डौ। कोरोनाभाइरसको संक्रमण नेपालसहित विश्वका देशहरुमा व्यापक रुपमा बढिरहेको छ।

विश्वभर कोरोनाबाट संक्रमित हुुनेको संख्या ७५ लाखभन्दा धेरै पुुगिसकेको छ भने मृत्युु  हुुनेको संख्या पनि चार लाख पार भइसकेको छ। नेपालमा पनि दिनानुुदिन संक्रमितको संख्यामा बढोत्तरी भइरहेको छ। 

विश्वभर यति धेरै अनुुपातमा कोरोनाका संक्रमित र मृत्युु हुुनेको संख्या पुुग्दा अब कम्युुनिटी ट्रान्समिसन र हर्ड इम्युुनिटीका बारेमा चियोचर्चा हुुने थालेको छ। तथापि नेपाल सरकारका अनुुसार नेपालमा कम्युनिटी ट्रान्समिसनको अवस्था आइसकेको छैन। 

के हो कम्युनिटी ट्रान्समिसन ?

जब कुुनै व्यक्ति कोही ज्ञात संक्रमितको सम्पर्कमा नआइकनै वा त भाइरसबाट संक्रमित देशको यात्रा नगरिकनै कोरोना संक्रमणको सिकार बन्छ भने त्यस्तो अवस्थालाई कम्युनिटी ट्रान्समिसन भन्ने गरिन्छ। यसलाई संक्रमणको तेस्रो स्तर मान्ने गरिन्छ। यो अवस्थामा पुुगेपछि व्यापक रुपमा कोरोना संक्रमण फैलिने सम्भावना हुन्छ। 

कसरी हुुन्छ कम्युनिटी ट्रान्समिसन?

आईसीएमआरका अनुुसार कोरोना संक्रमण फैलने चार चरण हुुने गर्दछ। पहिलो चरणमा ती मानिसमा कोरोना संक्रमण देखिने गर्दछ जो विदेशबाट आएका हुुन्छन्। दोस्रो चरणमा स्थानीयस्तरमा संक्रमण फैलने गर्दछ। तर यी ती मानिस हुुने गर्दछन् जो कुुनै न कुुनै  माध्यमबाट विदेशबाट आएकाहरुको सम्पर्कमा आएका हुुन्छन्। 

तेस्रो चरण भनेको कम्युनिटी ट्रान्समिसन हो। यसमा संक्रमणको फैलावटको स्रोत पत्ता लगाउन गाह्रो हुुने गर्दछ। कुुनै पनि महामारीको चौथो चरण पनि हुुने गर्दछ। जब संक्रमणले स्थानीयस्तरमा महामारीको रुप लिने गर्दछ। त्यसलाई चौथो चरण भन्ने गरिन्छ। 

के हो हर्ड इम्युुनिटी ?

कुुनै रोग ठूलो जनसंख्या भएको स्थानमा फैलिएको छ। मानिसहरुको रोग प्रतिरोधात्मक क्षमताले त्यस रोगको संक्रमणलाई वृद्धि हुुनबाट रोक्न सहायता प्रदान गर्दछ। अनि जो मानिसहरु रोगसँग लडेर पूर्ण रुपमा निको भइसकेका हुुन्छन्। त्यस्ता मानिसहरु त्यो रोगबाट इम्युुन हुुने गर्दछन् अर्थात उनीहरुमा प्रतिरोधात्मक गुुण विकास हुुने गर्दछ। उनीहरुको शरीरमा भाइरसविरुद्ध लड्नका लागि सक्षम एन्टीबडी तयार हुुने गर्दछ। यस्तो अवस्थालाई हर्ड इम्युुनिटी भन्ने गरिन्छ। 

कसरी हुुन्छ हर्ड इम्युुनिटी ?

जति धेरै मानिसहरु इम्युुन हुुन्छन्, संक्रमण फैलने खतरा पनि कम हुुँदै जान्छ। यसबाट ती मानिसहरु पनि प्रत्यक्ष रुपमा सुुरक्षित हुुने गर्दछन्, जो पहिले कहिल्यै संक्रमित भएका हँुुदैनन् वा त त्यस रोग विरुद्ध इम्युुन भएका हुुँदैनन। 

एक अनुुमानका अनुुसार कुुनै पनि समुुदायमा कोरोनाविरुद्ध हर्ड इम्युुनिटी तबमात्रै विकसित हुने गर्दछ जब करिब ६० प्रतिशत जनसंख्या कोरोना संक्रमित भएर त्यसबाट पूर्ण रुपमा निको भएर इम्युुन हुुने गर्दछन्।

जोन हप्किन्स युुनिर्भसिटीका अनुुसार भने हर्ड इम्युुनिटीको स्तरमा पुुग्नका करिब ८० प्रतिशत जनसंख्या इम्युुन हुुन आवश्यक पर्दछ। जब प्रत्येक पाँचमध्ये चारजना मानिसहरु संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा पनि संक्रमित हुुने गर्दैनन् तब संक्रमणमाथि नियन्त्रण राख्न सकिन्छ। तथापि यो यसमाथि निर्भर रहने गर्दछ कि संक्रमित व्यक्ति कति संक्रामक छ। 

हर्ड इम्युुनिटीको स्तरमा पुुग्नका लागि सामान्य रुपमा करिब ७० देखि ९० प्रतिशत जनसंख्या इम्युुन हुुन आवश्यक हुुने गर्दछ। दादुुरा, गलगाड चिकेन पक्स र पोलियोजस्ता रोगहरु जुुन पहिले सामान्य हुुने गर्दथे तर अहिले अमेरिकाजस्ता मुुलुुकमा यो दुुर्लभ भएको छ। किनकि खोपका माध्यमबाट हर्ड इम्युुनिटीको स्तरमा पुुग्न सफलता प्राप्त भएको थियो। 

यदि कुुनै संक्रामक रोग जसको कुुनै खोप विकास नै भएको छैन र वयस्क व्यक्तिहरुमा त्यो रोगविरुद्ध पहिलेदेखि नै इम्युुनिटी छ भने पनि यसले बालबालिका र कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुलाई संक्रमित पर्न सक्छ। माथि उल्लेख गरिएका रोगहरुमध्ये केही रोगहरुको विषयमा खोप विकास हुुनुभन्दा पहिले यस्तो देखिएको थियो। – एजेन्सी