काठमाण्डौ । अर्को साताबाट बजार खोल्ने तरखर गरिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली (नट्स) सुविधा लिई धितोपत्र कारोबारका लागि तयारी अवस्थामा रहन लगानीकर्तालाई आग्रह गरेको छ।
नेप्से प्रवक्तामुराहरि पराजुलीद्वारा मंगलबार जारी सूचनामा नट्स सुविधा नलिएका कारण लगानीकर्ताहरुले यस्तो आग्रह गरिएको हो।
नेप्सेले २०७५ कात्तिक २० नट्स सञ्चालनमा ल्याएको थियो। हालसम्म नट्सबाट धितोपत्र कारोबार गर्नका लागि करिब ३० हजार प्रयोगकर्ताले युजरनेम र पासवर्ड लिइसकेको नेप्सेले जनाएको छ।
हालसम्म नट्स प्रयोग गरी कारोबार गर्ने सुविधा नलिएका लगानीकर्ताले नेप्सेका सदस्य दलालसँग सम्पर्क गरी युजरनेम तथा पासवर्ड लिई विद्युतीय माध्यमबाट धितोपत्र तथा रकम हस्तान्तरणको सुविधा उपभोग गर्न नेप्सेले आग्रह गरेको छ।
धितोपत्र हस्तान्तरणका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ र रकम हस्तान्तरणका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कनेक्ट आईपीएस’, तोकिएको क्लियरिङ बैंक तथा नेपाल राष्ट्र बैंकबाट विद्युतीय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको ‘आईपीएस’ मार्फत सहभागिता जनाउन सकिने पनि नेप्सले जनाएको छ। यी सुविधाहरु लिई कारोबारका लागि तयारी अवस्थामा रहन सबै सदस्य दलाल तथा लगानीकर्ताहरुलाई नेप्सले आग्रह गरेको छ।
कोरोना रोकथाम तथा नियन्त्रणका लािग लामो समयदेखि जारी लकडाउनका कारण बन्द रहेको सेयर बजार आगामी सातादेखि खुल्दैछ। नेपाल धितोपत्र बोर्डले जेठ ३२ गते आइतबार लेखेको पत्रलाई उद्धृद्ध गर्दै नेप्सेको सञ्चालक समितिको बैठकले भोलि बिहीबारसम्म सेयर बजार बन्द गर्ने निर्णय गरेको छ। यसको अर्थ सेयर कारोबार अर्को साता आइतबारदेखि सुरु हुनेछ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago