काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणाली(नट्स)का बारेमा संघीय संसदअन्तर्गत अर्थसमितिको उपसमिति शुुक्रबार नेप्से जाने भएको छ।
करिब २ वर्षदेखि नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीका विषयमा विस्तृत रुपमा जानकारी लिनका निम्ति अर्थसमितिद्धारा स्थापित रामकुुुमारी झाँक्री नेतृत्वको उपसमिति भोलि नेप्से जान लागेको अर्थसमिति स्रोतको भनाइ छ ।
नेप्सेले सञ्चालनमा ल्याएको सफ्टवेयरका विषयमा उपसमितिले भोलि कुरा बुझी आवश्यक जानकारी लिने र अनलाइन प्रणालीको विश्वसनीयता बारे अनुुसन्धान गर्ने योजना रहेको अर्थसमितिस्थित स्रोत जिकिर गर्छ ।
‘नेप्सेको अनलाइन प्रणाली अन्तर्राष्ट्रिय स्तरको छ कि छैन भन्ने नै हाम्रो अध्ययनको मुुख्य उद्धेश्य रहेको छ।’स्रोतले बिजशालासँग भन्यो–‘भोलिका दिनमा अन्तर्राष्ट्रिय लगानीकर्ता र एनआरएनएका लागि पनि कत्तिको भरपर्दाे रहेछ यसबारे निचोड निकाल्छौं ।’
यता, अर्थसमितिको उपसमिति आउने भएपछि अनलाइन प्रणालीकाबारे विस्तृत रुपमा जानकारी दिन नेप्सेले पनि आवश्यक तयारी गरिसकेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago