Bhisma Dhungana
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको २ बुुँदे माग र अड्डीका कारण आजबाट खुुुल्ने भनिएको धितोपत्र बजार अनिश्चितकालीन बन्द भएको छ ।
विश्वका जुुनसुकै नियामक निकाय आफ्ना मातहतका कुुनै पनि निर्णय गर्न स्वतन्त्र हुुुन्छन् । तर, नेपालमा पूूँजीबजारको नियामकका रुपमा स्थापित नियामनकारी निकाय नै २ बुुँदे मागमै अल्झेर अर्को समानान्तर नियमनकारी निकाय नेपाल राष्ट्रबैंकको ढोका ढुुकेर बस्दा धितोपत्र बजार नै बन्दीको अवस्थामा पुुगेको छ ।
धितोपत्र बजार खोल्ने पक्षमा नै रहेको दाबी गर्ने बोर्ड अध्यक्ष डा. भीष्मराज ढुुंगाना सेयर मार्जिन कर्जाको सीमा ७५ प्रतिशत हुुनुुपर्ने र कनेक्ट आइपीएसबाट १० लाख रुपैयाँ ट्रान्सफर हुने प्रावधान खुकुुलो हुुुनुुपर्ने र त्यसपछि मात्रै धितोपत्र बजार खोल्ने बताउँछन् । नेपाल राष्ट्रबैंकसँग २-३ चरणका वार्ता भए पनि राष्ट्रबैंकले उक्त व्यवस्था नगरेकोमा बजार बन्द भएको उनको तर्क छ । ‘अर्थमन्त्रीज्यूूले सो व्यवस्थाका लागि राष्ट्रबैंकलाई निर्देशन दिइसक्नु भएको छ।'उनले बिजशालासँग भने-'लगानीकर्ताका सहजताका लागि हामीले नै धितोपत्र बजार बन्द गराएका हौं ।'
पूूर्ण लकडाउनमा समेत अन्य मुुलुुकहरुमा धितोपत्र बजार यथावत भइरहेकामा नेपाल सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाए पनि धितोपत्र बोर्ड चाहि विषम परिस्थितिमा बजार घट्ने भएकोले बजार खोल्नुुहुुँदैन भन्ने आम लगानीकर्ताहरुको कित्तामा उभिएको छ ।
आम लगानीकर्ताहरु भने धितोपत्र बजार खोल्नुुपर्ने र धितोपत्र जस्तो तरल सम्पत्तिलाई बन्धक बनाउनु गलत भएको भन्दै बोर्डप्रति तीव्र आक्रोश र रोष प्रकट गर्दै आइरहेका छन् ।
धितोपत्र बजार सञ्चालनको मुुख्य जिम्मेवारी पाएको नेपाल स्टक एक्सचेञ्जसमेत बजार खोल्न धितोपत्र बोर्डकै निर्देशन र इशारा निर्भर हुने परिपाटीले समेत धितोपत्र बजार खोल्न आँट गर्न सक्दैन ।
लामो समयदेखि नेपालको धितोपत्र बोर्डलाई राष्ट्रबैंक र अर्थ मन्त्रालयको छायाँ बनेको आरोप लाग्ने गरेको छ । राष्ट्रबैंकका क्याडर ढुंगाना अध्यक्ष भएर आएपछि बोर्ड थप राष्ट्रबैंकको छायाँमा हराउने चर्चा भएको थियो । त्यस्तो चर्चा अहिले कार्यान्वयनमा आएको राष्टबैंककै कारण बजार खुलाउन नचाहने प्रवृतिले देखाएको छ ।
बोर्ड अध्यक्ष ढुुंगानालाई दवाब समूूूहका नेताले बजार सुुधार गर्नुुुपर्ने भन्दै रोइलो गरेका र उसकै सल्लाहलाई स्वीकार्दै यो सातादेखि खुुल्ने धितोपत्र बजार समेत बन्द गर्ने निर्णयमा पुगेको स्रोतको दाबी छ । यसअघि सो समूूहले नेप्से र वाइको प्रालिलाई गत साताको आइतबार अदालतमा मुुद्धा हाल्ने र लकडाउन खुुलेपछि आमरण अनसन बस्ने भन्दै विभिन्न मिडियाबाजी गरेको, तर आमरण अनसन भने केही अभीष्ट समूूूहको स्वार्थ पूूर्तिका लागि धितोपत्र बजारलाई बन्धक बनाउन सफल भइरहेको र बजारप्रतिको विश्वसनीयता गुुमाउन बोर्ड अध्यक्ष ढुुंगानाकै हात रहेको आरोप लाग्न थालेको छ ।
कतिपय स्रोतहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले असार तेश्रो साताभित्र राजीनामा गर्ने र उनकै निर्देशनमा अहिले बजार बन्द गराइएको समेत दाबी गरे । तर, यी दाबीहरुको भरपर्दो आधार समेत अहिलेसम्म भेट्न सकिएको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago