काठमाण्डौ । पछिल्लो समय काठमाण्डौ उपत्यकामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । 

दैनिकजसो संक्रमितको संख्या बढिरहेको हो । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा १७ कोरोना संक्रमित थपिएका छन् । 
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना संक्रमित थपिएका हुन् । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वाब परीक्षण गर्दा काठमाण्डौका ४ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको छ भने पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ महिला र एक पुरुष, ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै, काभ्रेको धुलिखेल अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।