काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकमा मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आएकी शुभद्रा श्रेष्ठलाई बीमा दाबी रकम भुक्तानी गरेको छ। 

बीओके सफलता मुद्दती खाता खोलेर बैंकिङ कारोबार गर्दै आएकी श्रेष्ठलाई आइतबार एक कार्यक्रमबीच बैंकको साँखु शाखाले औषधोपचार लागत खर्चबापत नियमबमोजिम भुक्तानी गरेको हो। श्रेष्ठले आफ्नो उपचारका लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन्।बीओके सफलता मुद्दती खातामा उच्चतम ब्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुविधा उपलब्ध गराउँदै आइरहेको छ। बीमा सुविधाअन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताका लागि रु. ५ लाख, १८ घातक रोगहरुका लागि रु. ५ लाख तथा औषधोपचारका लागि रु. १ लाखको बीमा सुविधा रहेका छन्। 

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा उपलब्ध गराउँदै आइरहको छ। 

बैंकका सहायक महाप्रबन्धक मनीषकुमार सिंहले बीमा दाबी रकम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थिति थियो। 

बैंकले हाल ८९ शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।