काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले तोकेबमोजिम हार्डवेयर तथा सफ्टवेयरयुक्त डेटासेन्टरको क्षमता बढाउन तथा प्राविधिक जनशक्ति बढाउन निर्देशन दिएको छ ।
लगानीकर्ताको बढ्दो संख्याका कारण ब्रोकरहरुलाई नेप्सले तोकेबमोजिम हार्डवेयर तथा सफ्टवेयरयुक्त डेटासेन्टरको क्षमता तथा प्राविधिक जनशक्ति बढाउन नेप्सेले निर्देशन दिएको हो ।
नेप्सेले यसअघि पनि प्रत्येक ब्रोकर कम्पनीले एकजना आइटी अफिसर राख्न निर्देशन दिए पनि कमजोर तथा फितलो सुरपरीवेक्षणका कारण हालसम्म पनि कसैले आइटी अफिसर राखेका छैनन् । अलि–अलि कम्प्युटर चलाउन जान्ने ब्रोकर हाउसका कर्मचारीलाई नै आइटी हेर्न जिम्मेवारी दिइएको स्रोतको दाबी छ ।
अर्कोतर्फ भने लकडाउनपछि खुलेको धितोपत्र बजारमा अनलाइन लिई सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या भने छोटो समयमै दोब्बर भएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलाल व्यवसायीबाट युजर नेम र पासवर्ड लिनेको संख्या ४० हजार पु्गेको छ, जुन लकडाउन अघि २२ हजार हाराहारीमा थियो ।
नट्समार्फत कारोबार गर्न/गराउन लगानीकर्ताहरुको पूर्ण विवरण राख्नुपर्ने र लगानीकर्तालाई अनलाइन कारोबार सम्बन्धी आधारभूत ज्ञानसमेत दिन नेप्सेले ब्रोकरलाई निर्देशन दिएको छ । अब उप्रान्त अनलाइन कारोबारका क्रममा समस्या हल गर्न ब्रोकरले हेल्प डेस्क अनिवार्य व्यवस्था गर्नुपर्ने नेप्सेको निर्देशन छ । यस्तै अनलाइन कारोबार गर्न सिकाउनुसमेत ब्रोकरकै अभिभारा भएको नेप्सेको भनाइ छ ।
नेप्सेले जारी गरेको विज्ञप्ति हेर्नुहोस्:
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago