काठमाण्डौ । उपत्यकामा १५ जनासहित पछिल्लो २४ घण्टामा थप २१० कोरोना संक्रमितको पहिचान भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा संकलन गरिएका ६ हजार ३७ नमूना परीक्षण गर्दा २१० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
थपिएको संख्यासहित देशमा कुल कोरोना संक्रमितको संखया १९ हजार २७३ पुगेको छ ।
पछिल्लो समय देशभरबाट १४६ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार २१ पुगेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ रहेको छ ।
काठमाण्डौमा फेरि लकडाउन हुन्छ ?
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार काठमाण्डौ उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये १४ जना काठमाण्डौ जिल्लाका र एकजना भक्तपुरका हुन् ।
मंगलबार मात्रै काठमाण्डौ उपत्यकामा ५३ जना कोरोना संक्रमितको पहिचान भएको थियो ।
पछिल्ला दिनहरुमा भारत तथा तराईका विभिन्न कोरोना संक्रमित जिल्लाबाट समेत काठमाण्डौ प्रवेशको श्रृंखला निर्वाध जारी छ । कतिपय ठाउँका सीमा नाकामा खटिएका सुरक्षाकर्मीले प्रति व्यक्ति रकम असूलेर बिना चेकजाँच मानिसहरुलाई काठमाण्डौ प्रवेश गराइरहेका खबरहरु पनि आएका छन् । यसरी प्रशासनकै सहयोगमा मानिसहरुको काठमाण्डौ प्रवेश हुन थालेपछि यसले उपत्यकामा जोखिम बढाएको जनस्वास्थ्यविदहरुले बताएका छन् ।
सरकारले परीक्षणको गति बढाउन नसक्दा र काठमाण्डौ प्रवेश तथा सीमा नाकामा पर्याप्त कडाई गर्न नसक्दा जोखिम बढेर गएको उनीहरुको धारणा छ ।
पछिल्लो समय काठमाण्डौमा संक्रमितको संख्या बढ्दै गएपछि प्रभावित क्षेत्रहरुलाई टार्गेट गरी सरकारले परीक्षणलाई तीव्र बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम दाबी गर्छन् । यो गतिलाई अझ बढाइने गरी आवश्यक तयारी भइरहेको उनले जानकारी दिए ।
उनलाई हामीले काठमाण्डौमा संक्रमणको दर नियन्त्रणबाहिर जान थालेको हो ? नियन्त्रणका लागि फेरि लकडाउन लगाउनुपर्ने अवस्था बन्न थालेको हो ? भन्ने प्रश्न गरेका थियौं । उनले संक्रमणको बिस्तार दर पूर्ण नियन्त्रणमा रहेकोले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी गरे । ‘स्थिति नियन्त्रणमा रहेकोले सबैले आवश्यक सजगता अपनाउनुपर्छ ।’उनले थपे–‘लकडाउन फेरि लगाइहाल्नुपर्ने अवस्था चाहि होइन ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago