काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४३ जना, ललितपुर जिल्लाका ३ जना, भक्तपुरका ५ जना थप संक्रमित भेटिएका हुन् । 

राष्टिय प्रयोगशाला टेकूमा गरिएको परीक्षणमा काठमाण्डौका ८ जना, भक्तपुरका १ जना, शुक्रराज टपिकल अस्पताल टेकूमा गरिएको प्रयोगशालामा काठमाण्डौका १७ जना, पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाण्डौका ५ जना, ललितपुरका २ जना र भक्तपुरका ४ जना, वीर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाण्डौका २ जना, शिक्षण अस्पताल प्रयोगशालामा काठमाण्डौका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाण्डौका २ जना, सानेपास्थित स्टार हस्पिटल प्रयोगशालामा काठमाण्डौका ५ जना, ललितपुरका एक जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा काठमाण्डौका ३ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो चौबीस घण्टामा काठमाण्डौका ५१ जनासहित देशभर ४१८ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । यीमध्ये १४ हजार ९६१ जना निको भइसकेका छन् । निको हुने ७२.१ प्रतिशत रहेका बताइएको छ ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ मात्र रहेको छ । यो भनेको कुल संक्रमितमध्ये २७.६ प्रतिशत हो । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ५७ जनाको मृत्यु भइसकेको छ । मृत्यु दर ०.२८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।