काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १०६ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । उपत्यकामा एकैदिन यति ठूलो संख्यामा संक्रमितको पहिचान भएको यो पहिलो घटना हो ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा ९१ जना, ललितपुरमा १० र भक्तपुरमा ५ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु ६ वटा रहेका र काठमाण्डौ समेत यो सूचिमा परेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४६४ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ४२५ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित कुल डिस्चार्ज हुनेहरुको संखया १५ हजार ८१४ पुगेको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संखया ६ हजार ३३० रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २२ हजार १४४ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago