काठमाण्डौ । कोभिड १९ को संक्रमणबाट बच्न र बचाउन अहिले सरकारको तालुकदार मन्त्रालय, स्वास्थ्य मन्त्रालयले जनचेतना समेत फैलाइरहेको छ । यो क्रममा स्वास्थ्य मन्त्रालयबाट आउने जनचेतनासँग सम्बन्धित सन्देशमा पटक पटक हातले नाक, मुख र आँखा छोएमा संक्रमणको जोखिम हुन्छ भनिएको छ । तर, कोरोनाको नियमित राष्ट्रिय अपडेट गराउने क्रममा स्वास्थ्य मन्त्रालयकै प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले फेसबुक लाइभमै नाक कोट्याएको दृश्य अहिले सामाजिक सञ्जाल ट्रोल भइरहेको छ ।
नियमित कोरोना अपडेटको तथ्यांक पेश गर्न सुरु गर्नुभन्दा १ मिनेट अगाडिदेखि नै प्रवक्ता डा. गौतम फेसबुक लाइभमा आएका थिए । सो एक मिनेटको दौरानमा उनले नाक कोट्याएको भिडियो समेत सार्वजनिक भएको हो ।
फेसबुक लाइभमा अरुलाई नाक, मुख र आँखा हातले नछुन भने सचेत गराउने मन्त्रालयकै प्रवक्ताले नाक कोट्याएको दृश्य सार्वजनिक भएपछि सर्वसाधारणहरुले अहिले सामाजिक सञ्जालहरुमा तीव्र व्यङ्य कसिरहेका छन् ।
गुण मञ्जरी ट्वीटर ह्याण्डलबाट गौतमले नाक कोट्याएको विषयमा यस्तो ट्वीट भएको छ–‘डाक्टर जागेश्वरले यतिका दिन कति धेरै कुरा सिकाए, तर नेपाली जनताले खासै गम्भीरतापूर्वक लिएनन् । तर आज हातको औंला नाकमा घुसारेको फोटो बहुत भाइरल बनाउँदैछन् । जनताका प्राथमिकता पनि अजिव अजिव छ ।’
जनस्वास्थ्यविद डा. समीरमणि दिक्षितले डा. गौतमले नाक कोट्याउँदै गरेको भिडियो पोस्ट गर्दै ट्वीट गरेका छन् –‘कोभिडको नयाँ औषधि नेपालमै पत्ता लाग्यो ।’
गुलेली मास्टरले ट्वीट गर्दै लेखेका छन्–‘धन्न अन्तै लगेनछन् हात ।’
सामाजिक सञ्जालहरुमा स्वास्थ्य प्रवक्ता लाजमर्दो व्यवहार भनेर समेत तीव्र विरोध भइरहेको छ । स्वास्थ्य मन्त्रालयको पं्रवक्ताको रुपमा आएदेखि नै डा. गौतमले कोरोनाको लाइभ अपडेटमा लाजमर्दा गल्तीहरु गर्दै आएका छन् ।
यो विषयमा यो समाचार तयार पार्दासम्म डा. गौतम वा स्वास्थ्य मन्त्रालयले कुनै पनि प्रतिक्रिया दिएको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago