काठमाण्डौ । काठमाण्डौ उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र १७२ जना कोरोना संक्रमित थपिएका हुन् ।
हालसम्म एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो घटना हो ।
उपत्यकामा थपिएका नयाँ संक्रमितमध्ये काठमाण्डौ जिल्लाका १२६ जना, ललितपुरका ३८ र भक्तपुरका ८ जना रहेका छन् ।
आइतबारसम्म देशभर ५ लाख १७ हजार ९०७ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार २४७ को पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाभित्र देशभरबाट १३४ संक्रमित डिस्चार्ज भएका छन् । योसहित कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago