मोरङ । मोरङका जनस्वास्थ्य प्रमुखलाई नै कोरोना संक्रमण भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले आफूलाई कोरोना संक्रमण भएको टेलिफोनबाट पुष्टि गरे ।
आफू लगातार कोरोना संक्रमितको व्यवस्थापनमा खटिइरहेको र यही क्रममा कतैबाट संक्रमण भएको हुनसक्ने उनको भनाई छ ।
उनका अनुसार जनस्वास्थ्य कार्यालयमा कार्यरत एक जनस्वास्थ्य निरीक्षकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार कोरोना पोजिटिभ भएको रिपोर्ट मंगलबार आएको हो । आफू यसअघिदेखि नै क्वारेन्टिनमा रहेर काम गरिरहेको उनले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19