काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले निधेषाज्ञाका बेला पनि पूँजीबजार नियमित रुपमा सञ्चालन हुने स्पष्ट पारेको छ।
बोर्डले पूँजी बजारमा हाल सम्पूर्ण कारोबार अनलाइनमार्फत हुन सक्ने व्यवस्था भइसकेकोले कारोबार सञ्चालन राख्ने निर्णय भएको स्पष्ट पारेको हो।
यसका लागि सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन गर्न दिने व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ।
बोर्डले नियमन गर्ने निकायहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ, मर्चेन्ट बैंकर्स, धितोपत्र दलाल व्यवसायी, रेटिङ एजेन्सी तथा निक्षेप सदस्यहरु पूँजी बजारको नियमित सेवा प्रदायक भएकाले यी कार्यालयहरु सञ्चालनका लागि अधिकतम २ जना कर्मचारीका लागि सवारीको सहज आवागमनका लागि आवश्यक सहयोग गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा स्थानीय प्रशासनहरुले हिजो बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। यो अवस्थामा अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउनु–जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सहज आवागमनका लागि आवश्यक सहयोग वा सहजीकरण गरिदिन अर्थ मन्त्रालयका साथै तीनवटै काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरु तथा महानगरीय ट्राफिक प्रहरी महाशाखामा बोर्डले अनुरोध पनि गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago