काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २०० कोरोना संक्रमित थपिएका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डौमा १७४ जना, ललितपुर १८ र भक्तपुरमा ८ जना गरी २०० संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८३२ पीसीआर परीक्षण भएकामध्ये ७०७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । 

यो अवधिमा देशभरबाट २६४ संक्रमित डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुने संक्रमितको कुल संख्या १७ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।