काठमाण्डौ । उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण भूसको आगो झै फैलिइरहेको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा कोरोना संक्रमितहरुको बढ्ने क्रम तीव्र भइरहेको छ । यस्तो बेलामा उपत्यकाका यी तीन जिल्लामा हालसम्म कति संक्रमित भेटिए होलान् ? चासोको विषय बन्नसक्छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा हालसम्म ४३१ कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये २६३ पुरुष र १६८ महिला रहेका छन् । 

उपत्यकामा सबैभन्दा बढी काठमाण्डौ जिल्लामा संक्रमित भेटिए । हालसम्म(शनिवारसम्म) काठमाण्डौमा ३ हजार ९६० संक्रमित भेटिएका छन् । तीमध्ये २६७० पुरुष र १२९० महिला रहेका छन् । 

यस्तै, हालसम्म ललितपुरमा ६०६ संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ३३३ पुरुष र २७३ महिला रहेका छन् । 

अन्य जिल्लाहरुको तथ्यांक हेर्दा पर्सामा २ हजार २२८, मोरंगमा १ हजार ५५७, दैलेखमा १ हजार ५८, सर्लाहीमा १ हजार ६७४, बाँकेमा ९९४, सप्तरीमा ७४९, झापामा ५७०, कपिलवस्तुमा १ हजार १०३, धनुषामा १ हजार ४७८, बारामा ८४१, कञ्चनपुरमा ६६९, पाल्पामा ५८३, डोटीमा ९५८, सुनसरीमा ६६९, रौतहटमा १ हजार ८५५, महोत्तरीमा १ हजार २२९, रुपन्देहीमा ९४२, अछाममा ८७१, दाङमा ८०९, चितवन ५८०, बाजुरामा ६२४, सुर्खेतमा ७०९ संक्रमित रहेका छन् । यो संक्रमितको कुल संख्या हो । यसमा निको भएका र नभएका दुवैको संख्या समावेश छ ।