काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका वडा नं २ मा आठौँ शाखा कार्यालयबाट आज सोमबारबाट कारोबार सञ्चालन गरेको छ। 

फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु हेटौंडा शाखाबाट समेत प्रवाह गरिने जनाइएको छ। देशका प्रमुख सहरहरुमा शाखा स्थापना गरी सरल तथा सहजवित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप यो शाखा कार्यालय स्थापना गरिएको हो। 

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड–१९ को महामारीका बीच स्थापना गरिएको यस नयाँ शाखाले हेटौँडा उपमहानगरपालिकासहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधिउपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। 

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, कनेक्ट आईपीएस, सी–आस्वालगायतका डिजिटल बैकिङसम्बन्धी सेवाहरुको उपलब्धता रहेको फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ। कुल ८० करोड १ लाख चुक्तापुँजी रहेको यस वित्तीय संस्थाले हाल ७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन कार्यालयहरुमार्फत आफ्ना सेवा तथा सुविधाहरु प्रवाह गरिरहेको छ।