काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३२६ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाण्डौ जिल्लामा २९३ संक्रमित फेला परेका हुन् । यस्तै, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका छन् । 

जिल्लागत रुपमा हेर्दा पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ को सुनसरी जिल्लामा सबैभन्दा बढी ६५ जना, मोरंगमा ३९ र झापामा १६ संक्रमित फेला परेका छन् । 

यस्तै, प्रदेश २ मा सबैभन्द्या बढी धनुषामा ४४, सिरहामा ४१, सर्लाहीमा २० र सप्तरीमा १९ संक्रमित थपिएका छन् भने प्रदेश ३(बागमति)मा काठमाण्डौ बाहेक मकवानपुरमा ७३, काभ्रेमा २८ र चितवनमा १९ संक्रमित थपिएका छन् । 

यसैगरी, गण्डकीमा कास्कीमा ३०, गोखरामा १८, नलवपरासीपूर्वमा १६ र लमजुंगमा १५ तथा प्रदेश ५ मा बर्दियामा ४१, बाँकेमा ४२ र रुपन्देहीमा ४१ संक्रमित भेटिएका छन् । कर्णालीमा प्रदेशमा सबैभन्दा बढी सुर्खेतमा १९ जना र सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा ७ जना संक्रमित भेटिएका छन् । 

हालसम्म ५०० भन्दा बढी संक्रमितहरु रहेका जिल्लाको संख्या ११ वटा रहेका छन् । मोरंग, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ । 

ताप्लेजुंग, मुस्तांग, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमितमुक्त रहेका छन् ।