काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँर्ग अनुमति मागेको छ। 

सीआईटीले १ः०.८२८४ को अनुपातमा हकप्रद सेयर निष्कासन हिजो मंगलबार धितोपत्र बोर्डमा आवेदन दिएको हो। सीआईटीले बोर्डसँग रु. १०० अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्कासनका लागि अनुमति मागेको छ।

सीआईटीले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँबराबरको हकप्रद निष्कासनको तयारी गरेको छ। सीआईटीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।