काठमाण्डौ । दुग्ध बजारमा लिन सिजन (उत्पादन कम हुने समय) चलिरहेको छ । यो किसानका लागि मूल्यवृद्धिको दबाब दिने सिजन पनि हो । 

किसानको दबाब सहन नसकेर मूल्यवृद्धि गर्न सरकारले पहल पनि थालेको छ । तर तत्कालै मूल्यवृद्धि भने नहुने भएको खबर आजको कारोबारमा छ ।

आसन्न स्थानीय तह निर्वाचनका लागि जारी भएको आचारसंहिताको कारण तत्काल दूधको मूल्य बृद्धि नहुने पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले भने, ‘मूल्यवृद्धिका लागि उत्पादन लागत मूल्य अध्ययन गरिरहेका छौं । तर निर्वाचन आचारसंहिता लागू भएकाले तत्काल नयाँ निर्णय भने गर्न मिल्दैन ।’