काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को सञ्चालक समितिले आइटी पोलिसी पास गरेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकाअनुसार नेप्सेको सञ्चालक समितिले ३–४ दिनअघि नै आइटी पोलिसी पास गरेको हो । 

अब नेपाल धितोपत्र बोर्डले उक्त पोलिसी लागू गर्नका निम्ति अनुमति दिनुपर्छ । आइटी पोलिसी अन्तर्गत नै रहेको एपीआईका विषयमा भने स्टक ब्रोकरहरुले समेत सल्लाह सुझाव दिइएको उल्लेख गर्दै अब कार्यविधि आउन बाँकी रहेको साउदको भनाइ छ ।

नेप्सेले आइटी पोलिसीमा डेटाको सुरक्षा, डेटा इन्स्टल, फायरवाल, सावधानी लगायत समावेश भएको जनाएको छ ।

अब नेप्सेको लाइभ डेटा प्राप्त गर्न पोलिसीअन्तर्गत रही कार्यविधि बनेपछि टीएमएस बनाउन ब्रोकरहरुलाई एपीआई दिने नेप्सेको तयारी छ भने सर्वसाधारण, रिसर्चर, विश्वविद्यालय, मिडियालगायतलाई समेत एपीआई निश्चित शुल्क लिई दिने नेप्सेको योजना छ ।