काठमाण्डौ । पछिल्लो २४ घण्टामा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १२ हजार ४४४ पीसीआर परीक्षण गर्दा १ हजार ९११ संक्रमित थपिएका हुन् ।
सबैभन्दा बढी काठमाण्डौ जिल्लामा ८१७ संक्रमित थपिएका छन् ।
यस्तै, ललितपुरमा ६८ र भक्तपुरमा ५८ संक्रमित थपिएका छन् । यसरी काठमाण्डौ उपत्यकामा मात्रै ९४३ संक्रमित थपिएका देखिएको छ । देशभर थपिएका कुल संक्रमितमा उपत्यकामा भेटिएकाहरुको संख्या ४९.३४ प्रतिशत हुन आउँछ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ९६१ संक्रमित निको भएर घर फर्किएका छन् भने थप ११ संक्रमितको मृत्यु भएको छ ।
योसहित हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ भने मृतकको संख्या ५०९ पुगेको छ ।
काठमाण्डौ बाहेक धेरै संक्रमित भेटिएका जिल्लाहरुमा मोरङ(१०५), सुनसरी(६६), सिरहा(३९), चितवन(८६), बाँके(३०), रुपन्देही(९१), जुम्ला(३७)ं, कैलाली(१६१) रहेका छन् ।
चौबीस घण्टामा थप मृत्यु हुनेहरुमा सुनसरीका ३ पुरुष, उपत्यकाका ४ पुरुष, बाँकेकी एक महिला, र रुपन्देहीका ३ पुरुष रहेका छन् ।
मृतकहरुको उमेर २७ वर्षदेखि ८० सम्म रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago